नेपालमा काेराेना वाट सयकाे मृत्यु

Enepal Patra Pvt. Ltd. , ४०८  पटक हेरिएको

काठमान्डाै । थप चार जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ । जेठ ३ देखि साउन ३० गतेसम्म १०० दिनभन्दा कम समयमा नेपालमा कोरोना मृत्यु सय पुगेको छ।

कोरोनाका कारण ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै एक सय जनाको विवरण हामीले यहाँ प्रकाशन गरेका छौं।

गत जेठ ३ गते नेपालमा कोरोनाका कारण पहिलो मृत्यु सिन्धुपाल्चोकको बाह्रविशेकी २९ वर्षीय महिलाको भएको थियो । ९ दिनकी सुत्केरी मृतक महिलालाई स्वासप्रस्वासमा समस्या देखिएपछि धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यसयता शुक्रबार विराटनगरको कोशी अस्पतालमा १ जना र नारायणी अस्पताल बिरगञ्जमा २ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । योसँगै मृतकको संख्या सय पुगेको हो ।

विराटनगर १५ का ३० वर्षीय पुरूषको कोशी अस्पतालको आइसोलेसनमा उपचार क्रममा बिहीबार मृत्यु भएकोमा शुक्रबार कोरोना पोजेटिभ भएको रिपोर्ट आएको हो । उनलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएको थियो। उनको सुरूमा कोरोना नेगेटिभ आएपनि पछि जाँच्दा पोजेटिभ आएको हो ।

उता बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुषमा पनि मृत्युपछि कोरोना पुष्टि भएको हो । मधुमेह र रक्तचापका रोगी उनको नारायणी अस्पतालमा मृत्यु भएको हो।

पर्साको प्रसौनी गाउँपालिका २ प्रसौनी टोल बस्ने ६५ वर्षीय पुरुषको कोरोनाका कारण नारायणी अस्पतालमा मृत्यु भएको छ। उनी दमका बिरामी थिए। उपचार क्रममा मृत्यु भएका उनको मृत्युपछि कोरोना पुष्टि भएको हो।

यता सिरहाको बिष्णुपुर गाउँपालिकाका ४० वर्षीय पुरुषको विराटनगरको कोशी अस्पतालको आइसोलेशनमा बिहीबार मृत्यु भएको थियो । निमोनिया भएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०८-१४ , समय : १८:३५:३२ , ४ वर्ष अगाडि