डेङ्गु न्युनीकरण अभियान सुरु

enepalpatra , २३०  पटक हेरिएको

कानेपाेखरी,भदौ १८ । माेरङकाे कानेपाेखरी १ हाेक्लाबारीमा डेङ्गु न्युनीकरण सचेतना तथा सरसफाइ कार्यक्रमकाे माेरङ ३(१) का सांसद मानबहादुर लिम्बूले उद्घाटन गर्नु भएको छ । उहाँले राेगकाे मुहान फाेहाेर भएकोले उपयुक्त समयमा फाेहाेर ब्यबस्थापन गर्न जाेड दिनुभयाे । लिम्बूले राम्रो भन्दा सफा लुगा लगाउन र मीठाे भन्दा स्वस्थ्य खाना खान आग्रह गर्दै डेंङ्गुकाे रेड र रिक्स जाेनकाे छनाैट गरि तत् तत् क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस निकट नेता ,कार्यकर्ताले चन्दा संकलन गरेर सुरु गरेकाे सरसफाइ अभियानकाे उद्घाटन कार्यक्रममा बाेल्दै कानेपाेखरी १ का वडाध्यक्ष रत्नबहादुर कार्कीले भाउन्ने आमताेला सडककाे साविक हाेक्लाबारी क्षेत्रकाे काम लामाे समय देखि अवरुद्ध भएकोले सडक निर्माणका लागि पहल गरिदिन सांसद लिम्बूसँग अनुराेध गर्नुभयो ।
उद्घाटन कार्यक्रमका सभापति एवम् अभियानका संयाेजक सुशील राईले अभियानकाे प्रभावकारी कार्यान्वयनमा सहयोग गरिदिन आग्रह गर्नुभयो । कानेपाेखरी १ काे वडा कार्यलय परिसरमा भएको कार्यक्रममा सातै वडामा अभियान सञ्चालन गर्ने राईले बताउनुभयो ।
गाउँपालिकाले डेंङ्गु नियन्त्रणमा खासै प्रभावकारी काम नगरेको भन्दै राईले काेराेना न्युनीकरणमा जस्तो याे हेल्पडेक्सले डेंङ्गु नियन्त्रणमा सहयोग पुर्याउने बताउनुभयो । उद्घाटन कार्यक्रम पछि अभियानमा सहभागीहरूले वडा कार्यालय र श्रीमावि परिसरमा सरसफाइ गरेका थिए ।

प्रकाशित मिति: २०२३-०९-०४ , समय : १६:०५:५१ , ८ महिना अगाडि