भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

Enepal Patra Pvt. Ltd. , २  पटक हेरिएको

सुर्खेत, २१ भदौ ।
गत भदौ १० गते भोटेकोशी नदिमा आएको बाढीमा परि कर्णालीका दुई जनाको मृत्यू भएको छ भने दुवै जनाको अन्तिम दाहसंस्कार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार बाढीमा परि मृत फेला पर्नेमा सल्यानका आयुष खड्का छन् । उनि पलान्ट क्वारेन्टाइन टिमुरेमा खरिदार पदमा कार्यरत थिए । बागचौर नगरपालिका वडा नं. १० पिपलनेताका २० वर्षका आयुष  भदौ १४ गते फेला परेका हुन भने उनको १५ गते चितवनको देवघाटमा दाहसंस्कार भएको एसएसपी राठौरले जानकारी दिए ।

यस्तै, हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका वडा नं. २ हुम्लाका ३५ वर्षीय नहकुल शर्माका भदौ १५ गते गोरखामा शव पेला परेको थियो भने १६ भदौमा उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । उनि रसुवामा भन्सार अधिकृतको रुपमा कार्यरत थिए ।

‘हामीलाई आधिकारिक रुपमा सरकारी निकायबाट आएको विवरण यहि हो ।’ एसएसपी राठौरले भने, ‘अन्य विवरण मृतकको पुष्टिभई सनाखत भएको खण्डमा क्रमशः हामी दिनेछौं ।’

२४८ जना अझै परिवारको सम्पर्कविहीन
उनका अनुसार कर्णालीका दश जिल्लाका २४८ जना नागरिक उक्त बाढीमा परि आफन्तको सम्पर्कमा आएका छैनन् । जसमध्ये पुरुष २०६ जना, महिला ३२ जना, बालक ६ जना र बालिका ४ जना आफन्तको सम्पर्कमा आएका छैनन् ।

‘हालसम्म ७८ जना सम्पर्कमा आएका छन् भने सम्पर्कमा आउन १६८ जना बाँकी रहेका छन् । जसमध्ये पुरुष १३४ जना, महिला २६ जना, बालक ४ र बालिका चार जना रहेका छन् ।’

उनका अनुसार कर्णालीका २४८ जना नागरिक अझै परिवारबाट सम्पर्क विहीन रहेका छन् । 

प्रकाशित मिति: २०२६-०९-०६ , समय : १३:५३:४१ , ५७ मिनेटutes अगाडि