कानुनि प्रक्रिया सम्बन्धी अभिमुखिकरण

ईनेपालपत्र समाचारदाता , ४८४  पटक हेरिएको

लेटाङ, १६ साउन । मेलमिलाप सम्वन्धी कानुनी प्रकृया विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ न्यायिक समिति लेटाङ नगरपालिका द्वारा आयोजना गरेको कार्यक्रममा लेखापढी ब्यवसायि तथा वडाका मेलमिलाप संयोजकहरुलाई मेलमिलापका विधि तथा प्रक्रियाका बारेमा अध्यावधिक गरिएको हो ।

न्यायिक समितिले न्याय सम्पादनका क्रममा अपनाउने प्रक्रिया लेखापढि ब्यवसायि तथा संयोजकहरुले सधै बुझिरहनुपर्ने भएकाले यस सम्वन्धी अभिमुखिकरण गरिएको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोख्रेल निरौलाले जानकारी दिनुभयो ।
कार्यक्रमलाई नगरप्रमुख भुपेन्द्र कुमार लावतीले शुभकामना ब्यक्त गर्नभयो । उहाँले न्याय सम्पादन गर्ने बैज्ञानिक र विधि सम्मत मेलमिलाप भएकाले उसलाई सबैले स्वीकार गरिएको समेत वताउनुभयो । आधारभुत रुपमा न्याय निरुपण गर्ने ठाँउ भएकाले यसलाई ब्यवस्थित गर्दै लानुपर्नेमा नगरप्रमुख लावतीको जोड थियोे ।
कार्यक्रममा मेलमिलापर्ताहरुलाई परिचय पत्र समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति: २०२३-०८-०१ , समय : २०:३६:२३ , ११ महिना अगाडि