ब्रिटिस ल्याङ्गवेजलाई सीटिइभिटीको सम्बन्धन

enepalpatra , ४७७  पटक हेरिएको

उर्लाबारी,८ साउन । उर्लाबारी स्थित ब्रिटिस ल्याङ्गवेज एण्ड टेक्निकल इन्ष्टिच्युटले प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद(सिटिइभिटी)को स्तर निर्धाणर सम्बन्धन महाशाखाबाट विभिन्न पाँच प्रकारका तालिम प्रदानको स्वीकृती प्राप्त गरेको छ ।
इन्ष्टिच्युटले २०८० बैशाख ३ गते देखि २ वर्षका लागि स्वीकृति प्राप्त गरेको हो । सञ्चालक राज गुरागाईले भन्नुभयो – हाम्रो इन्ष्टिच्युटले २२० घण्टाको कम्प्युटर अपरेटर,३९० घण्टाको मोवाइल मर्मत,३९०घण्टाको जुनियर बिल्डिङ इलेक्ट्रिसियन,३९० घण्टा स्काफोल्ड विल्डर,३९० घण्टाको फ्रिज एण्ड एसी टेक्निसियन सम्बन्धि तालिम दिनेछ । सिटिइभिटीबाट प्रत्येक तालिममा २०÷२० जना प्रशिक्षार्थीलाई सहभागि गराउने गरी स्वीकृति प्राप्त भएको छ । बिगतमा भन्दा अझ प्रभावकारी ढङ्गले दक्ष जनशक्ति उत्पादन गर्ने गरी तालिम प्रदान गरिनेछ ।

प्रकाशित मिति: २०२३-०७-२४ , समय : १०:१७:४३ , ९ महिना अगाडि