दूध उत्पादक किसानलाई १ रुपियाँ अनुदान,बाली बीमामा ७५ प्रतिशत छुट

enepalpatra , २८९  पटक हेरिएको

 

कानेपोखरी , ११ साउन । मोरङको कानेपोखरी गाउँपालिकाले दूूध उत्पादक किसानलाई प्रति लिटर १ रुपियाँ अनुदान दिने भएको छ ।
पालिकाको १४ औं गाउँसभाले चालु आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रमबाट बजेटको सुनिश्चितता गरी प्रति लिटर १ रुपियाँ अनुदान दिने कार्यक्रम ल्याएको हो । पशुपालक किसानले कृषि सहकारी र दूग्ध उत्पादन सहकारी मार्फत बिक्री गर्ने दूधलाई मात्र अनुदान दिइने गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बताउनु भयो । यो उत्पादनमा आधारित अनुदान कार्यक्रम हो । कृषि र दुग्ध उत्पादक सहकारी मार्फत नै दूग्ध ब्यवसाय गर्न प्रेरित गर्ने उदेश्यले यो कार्यक्रम ल्याइएको उपाध्यक्ष अधिकारीले बताउनु भयो ।चालु वर्ष अनुदानका लागि ५ लाख रुपियाँ बिनियोजन गरिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष देखि किसानको बाली बीमा र पशुपंक्षी बीमामा पनि ७५ प्रतिशत अनुदान दिने ब्यवस्था मिलाएको छ । गाउँपालिकाको आर्थिक समृद्धिको प्रमुख आधार नै कृषि र पशुपालन हो । किसानलाई उत्पादनसँग जोड्न बीमामा अनुदान कार्यक्रम ल्याएका हौं ,उपाध्यक्ष अधिकारीले भन्नुभयो । सङ्घीय सरकारले कुल प्रिमियमको ८० प्रतिशत अनुदान ब्योहोर्छ । बाँकी रहेको २० प्रतिशतको ७५ प्रतिशत गाउँपालिकाले ब्योहोर्छ । यो कार्यक्रमले दैबी प्रकोपबाट कृषि बालीमा हुने क्षतिको जोखिम बीमाले ब्योहोर्ने भएकोले किसान र पशुपालकहरू खुसी भएका छन् ।

प्रकाशित मिति: २०२३-०७-२७ , समय : ०७:५१:२८ , ९ महिना अगाडि