Niroj Dhakal , १३ पटक हेरिएको
विराटनगर जेसीजको जेसीज सप्ताह सुरु, पहिलो खेलमा पत्रकारको टोली विजयी
विराटनगर । विराटनगर जेसीजको वार्षिक कार्यक्रमअन्तर्गत ‘जेसीज सप्ताह २०२६’ सुरु भएको छ। सप्ताहको पहिलो दिन विराटनगर जेसीज र पत्रकारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा पत्रकारको टोली ७–६ गोलले विजयी भएको छ।
विराटनगरस्थित विराट स्पोर्ट्स जोनमा भएको खेलमा दुवै टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गरेका थिए। खेलमा पत्रकारको टोलीले ७ गोल गर्दा विराटनगर जेसीजको टोलीले ६ गोल गरेको थियो।
पत्रकार र जेसीज सदस्यबीच आपसी सद्भाव, भाइचारा र सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।विराटनगर जेसीज ट्रस्ट बोर्डका अध्यक्ष जेसी टीकाराज ढकाल र पूर्वअध्यक्ष क्लबका अध्यक्ष जेसी कैलाश खाकी श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
त्यसैगरी, विराटनगर जेसीजका पूर्वअध्यक्षहरू जेसी टीपी आचार्य र जेसी सेवक बजगाईं, बोर्डका पदाधिकारी, जुनियर जेसीजका सदस्य तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो।
विराटनगर जेसीजका अध्यक्ष जेसी कविराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जेसी पंकज मेहताले गरेका थिए।
जेसीज सप्ताहअन्तर्गत आगामी दिनमा विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ। सप्ताहको अन्तिम दिन विराटनगरस्थित होटल स्वागतममा ‘जेसीज नाइट’ आयोजना गरिने सप्ताहका मुख्य संयोजक तथा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष जेसी रञ्जन कुमार शाहीले जानकारी दिए।
प्रकाशित मिति: २०२६-१०-२७ , समय : २०:१४:४१ , १ घन्टा अगाडि