विद्यालयलाई कार्यालयीय सामग्री हस्तान्तरण

enepalpatra , २८९  पटक हेरिएको

लेटाङ, ३० असार । पहाडी ग्रामीण बिकास संस्था (हर्डन)ले शनिबार लेटाङका १४ वटा आधारभुत विद्यालयलाई कार्यालयीय सामग्री प्रदान गरेको छ ।
हर्डनको कार्यालय परिसरमा लेटाङ नगरपालिकाकी उप प्रमुख कृष्णकुमारी निरौलाले कार्यालयीय सामग्री हस्तान्तरण गर्नुभयो । विद्यालय शैक्षिक सुधारका लागि बिद्यालय सामग्री वितरण गर्दै नगर उप प्रमुख निरौलाले वडा नंंं १ का कतिपय आधारभुत विद्यालयका विद्यार्थी अझै पनि चिसो भुईंमा बसेर पढ्न बाध्य रहेको बताउँदै त्यस्ता बिद्यालयका लागि यस्ता सामग्री साना भए पनि महत्वपूर्ण हुने बताउनु भयो । निरौलाले विद्यालय सामग्री प्राप्त गर्ने शिक्षकहरूलाई उपलब्ध सामग्रीको संरक्षण र सदुपयोग गर्न अनुरोध गर्नुभयो ।
हर्डनका अध्यक्ष शेरमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयहरूलाई आठ कोठे दराज,दराज, साउण्डबक्स (स्पीकर) र भुईमा ओच्छ्याउने म्याट वितरण गरिएको थियो । हर्डनका कार्यक्रम संयोजक सुरेश अधिकारीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०७-१५ , समय : १८:४०:४० , १० महिना अगाडि