चार नगरपालिकाले दमकल खरीद गर्ने

Enepal Patra Pvt. Ltd. , ७८७  पटक हेरिएको

भरतपुर, १६ माघ । चितवनका चार नगरपालिकाले संयुक्त लागतमा दमकल खरीद गर्ने भएका छन् । कालिका, खैरहनी, रत्ननगर र राप्ति नगरपालिकाले दमकल किन्न लागेका हुन् ।

मङ्गलबार कालिका नगरपालिकामा बसेको चारै नगरपालिकाको संयुक्त बैठकले फागुन १५ गतेभित्र दमकल खरीद गर्ने निर्णय गरेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनुभयो । दमकल खरीद प्रक्रिया अघि बढाउन उहाँको अध्यक्षतामा अध्ययन तथा सिफारिश समिति गठन गरिएको छ ।

“दमकल खरीदपछि भरतपुरको भरपर्नु पर्दैन”, उहाँले भन्नुभयो । बैठकले रु ६० लाखसम्मको दमकल खरीदका लागि सिफारिश गरेको छ । यसअघि पूर्वी चितवनका चार नगरपालिकाले संयुक्त रूपमा रिङरोड निर्माण गर्ने निर्णय गरेका थिए । (रासस)

प्रकाशित मिति: २०१९-०१-३० , समय : ११:०५:०७ , ५ वर्ष अगाडि