अछाम,२१ माघ । पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिनुभएको छ । उहाँको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ । “गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएकोे छ”, घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानअनुसार हत्या नै भएको पुष्टि हुन्छ, तर कसले किन हत्या गरेको भन्ने कुरा खुल्न सकेको छैन, हामी अनुसन्धानमै छौँ ।”
उहाँका अनुसार घटनाका बारेमा प्रहरीलाई आज बिहान साढे ६ बजे जानकारी प्राप्त भएको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीसहितको टोली घटनास्थलमा पुगेको छ । अनुसन्धानमा आफ्नो संयन्त्र परिचालन गरिसकिएको र धनगढीबाट तालीमप्राप्त कुकुरसहितको टोली आइरहेको उहाँले जानकारी दिनुभयो । मृतक धामी शिक्षक पेशाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.