सुकेचौरी एफसी फाइनलमा प्रवेश, गोर्खा युनाइटेड ४-० ले पराजित

ईनेपालपत्र संबाददाता , १  पटक हेरिएको

 

पथरी, १८ कात्तिक । पाँचौँ सिरिजंघा वडाध्यक्ष खुला नकआउट फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा सुकेचौरी एफसी लेटाङले गोर्खा युनाइटेड उर्लाबारीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

सुकेचौरीको जितमा प्रवेश बस्नेतले दुई गोल गरे। उनले पहिलो हाफको २३औँ मिनेट र दोस्रो हाफको ११औँ मिनेटमा गोल गरेका थिए। त्यस्तै, रोशन राईले दोस्रो हाफको २३औँ मिनेटमा र लाग्देन तामाङले १७औँ मिनेटमा गोल थपे।

खेलको दोस्रो हाफ तनाबपुर्ण रह्यो । खेलका मुख्य रेफ्री टंक लिम्बुले  गोर्खा युनाइटेडका मिक्सन दास र रुद्र क्षेत्री  सुकेचौरीका रोहन गुरुङलाई रातो कार्ड दिएर मैदान बाहिर पठाए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुकेचौरीका अर्जुन परियार म्यान अफ द म्याच घोषित भए। यससँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। शुक्रबार हुने उपाधि भिडन्तमा आयोजक सिरिजङ्घा स्पोर्टिङ क्लब र सुकेचौरी एफसी लेटाङबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: २०२६-११-०५ , समय : १०:१०:०४ , २३ मिनेटutes अगाडि