आगलागि पिडितलाई नगरपालिकाद्धारा सहयोग

रबिन श्रेष्ठ , ७३०  पटक हेरिएको

लेटाङ ४ माघ । आगलागि वाट घरविहिन बनेका लेटाङ ९ का बंशराज दहालको परिवारलाई घर वनाउनका लागि लेटाङ नगरपालिकाले जस्तापाता सहयोग गर्ने भएको छ ।
आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले राहत सामाग्री वितरण गर्दै  घर वनाउदा लाग्ने सम्पुर्ण टिन नगरपालिकाले उपलव्ध गराउने वताउनुभयो । आगलागि पिडित दहालको घर विहिवार दिउसो अचानक विधुत सर्ट भई आगलागि भएको थियो भने घर सहित घरमा रहेको सम्पूर्ण सामान जलेर नस्ट भएको थियो ।
दहालको घरमा रहेको सम्पुर्ण सामान जलेर नस्ट भएपछि विभिन्न संघसंस्थाले राहतका सामाग्री उपलब्ध गराईरहेका छन् । दहालको घर पूर्ण रुपमा क्षति भएपछि उहाँको परिवार छिमेकीको घरमा वसिरहेका छन् ।

प्रकाशित मिति: २०१९-०१-१८ , समय : ११:२१:३९ , ५ वर्ष अगाडि