Enepal Patra Pvt. Ltd. , ६८५ पटक हेरिएको
शरणामती,कार्तिक २४।झापाको झापा गाउँपालिका-६ फुलगाछीमा एक अचम्मको बच्चाको जन्म भएको छ।
बुबा श्यामलाल मर्डी र आमा सिमा मर्डीको कोखबाट मंगलबार राती ११ बजे जन्मेको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा रहेको स्थानीय मोहन पोखरेलले बताए।अनौठो बच्चाको जन्म भएपछि बुधबार बिहान देखी हेर्ने मानिसहरुको घुइँचो लागेको छ।
छोराको रुपमा जन्मेको बच्चाको जन्मपश्चात नै मृत्यु भएको स्थानीयले बताएका छन।
प्रकाशित मिति: २०२१-११-१० , समय : १०:५८:१४ , ५ वर्ष अगाडि