कराेडाैं रुपैयाँ बालुवामा पानी झैं भयाे तर अझै बनेन भलुवा सिमसार

enepalpatra , ९३३  पटक हेरिएको

 

दिपेश रोक्का / कानेपोखरी,

असार २१ ।मोरङको कानेपोखरी – ७ स्थित भलुवा सिमसारको काम अलपत्र परेको छ।

सिमसारको निर्माण कार्य सुरु भए पनि अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न्न भएको छैन । भलुवा सिमसार लाई पुर्बकै नमुना पर्यटकीय क्षेत्र बनाउन साैन्दर्यकरण सुरु गरिएको थियो। कानेपोखरी गाउँपालिकाका पुर्व अध्यक्ष ताराबहादुर काफ्लेले ६ वर्ष अघि शिलान्यास गरेकाे भलुवा सिमसारकाे रुप धेरै वटा सरकार फेरिए पनि अझै फेरिन सकेको छैन ।

भलुवा सिमसार निर्माणको लागि ३ करोड ६५ लाख ९८ हजार ८७० रुपैयामा ´ स्काई सएस मुटुयल जेबि ´ ठेक्का लिएको थियो । अहिलेसम्म आधा काम मात्रा सम्पन्न भएको छ । ठेकेदार कम्पनी ले दुई बर्ष भित्र काम सम्पन्न हुने गरि काम सुरु गरेकाे वडा नं.७ का वडा अध्यक्ष मोहनप्रसाद अधिकारीले बताउनु भयो करिब दुई बर्ष बितिसक्न लाग्दा पनि भलुवा सिमसार को काम आधा पनि सम्पन्न भएको छैन ।

कानेपोखरी गाउँलालिकाको वर्तमान अध्यक्ष राजमती इङनामले वनक्षेत्र भित्र पर्ने भएकाले र केन्द्रबाट बजेट नआएको कारण काम रोकिएको बताउनु भयो । वनले कार्ययोजना पास गरेपछि काम सुरु हुने अध्यक्ष इङ्नामकाे भनाइ छ ।

कानेपोखरी गाउँपालिकाले यस बर्ष भलुवा सिमसारको लागि बजेट विनियोजन गरेको छैन ।केन्द्रिय सरकार बाट बजेट आउने भएको कारण सिमसारको लागि पालिकाले बजेट नछुटाएको अध्यक्ष इङ्नाम ले बताउनुभयाे ।त्यस्तै पोखरी सफा गर्ने काम भएको , कल्भर्ट निर्माण भएको , रमाइलो जाने पैनीमा क्यानल निर्माण भएको वडा नं ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारिले बताउनु भयाे ।उहाँका अनुसाभलुवा सिमसारको काम ४०प्रतिशत मात्र भएको छ।

पुर्वमन्त्री भानुभक्त ढकालले `भलुवा सिमसार ´लाई पर्यटकिय क्षेत्र को रुपमा बिकास गर्न ५ करोड बजेट बिनियोजन गरिदिनु भएको थियोे । मन्त्रालयबाट ७० प्रतिशत र गाउँपालिका ले ३० प्रतिशत व्याेहोर्ने गरि रकम बिनियोजन गरिएको थियो ।तर,उक्त रकमको काम पनि हुन सकेन ।

पुर्ब पश्चिम राजमार्गकाे कानेपोखरी चोक देखि करिब तीन किलोमीटर दक्षिणमा रहेको सिमसार तथा जलाधार क्षेत्रमा सिमसार रहेको छ । ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र भित्र रहेको तल्लो भागमा मात्र करिब १४ हेक्टर जमिनमा सिमसार फैलिएको छ ।

वन्यजन्तुको लागि सानो चिडियाखाना , ट्रि हाउस , वनभोज खाने कटेज , स्वागत गेट , कल्भर्ट , विश्रामलय , पाले बस्ने ठाउँ शौचालय , पोखरी विस्तार तथा सफा गर्ने , पोखरी को विचमा मा पुलको निर्माण , सभा हल सहित को पाहुना वस्ने घर जस्ता जस्ता संरचना निर्माण हुने भनिएको थियो । अहिले सम्म भनिएका आधा काम मात्रा सम्पन्न भएको छ ।

उति खेर तत्कालीन वन समितिका अध्यक्ष हरि पौडेलले भलुवा सिमसार क्षेत्रलाई वनको भावी कार्ययोजनामा समेटि १० बर्षमा पुर्वकै प्रमुख पर्यटकीय स्थल बनाउने घोषणा गर्नु भएको थियोे तर,उतिबेला बजेट अभाव को कारण काम हुन सकेको थिएन ।

प्रशिक्षार्थी पत्रकार

प्रकाशित मिति: २०२३-०७-०६ , समय : २०:३७:३० , १० महिना अगाडि