आदर्श समाजले गर्याे दुर्व्यसन बिरुद्ध जनचेतना कार्यक्रम

enepalpatra , ३८०  पटक हेरिएको

दिपेश रोक्का / कानेपोखरी,

१६ असार । आदर्श समाज कानेपोखरीको आयोजनामा शुक्रबार लागू औषध विरुद्धको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कानेपोखरी गाउँपालिका वडा नम्बर ६ र प्रहरी चौकी रमाइलोको सहयोगमा कार्यक्रम भएको हो । कानेपोखरी गाउँपालिका वडा नं ६ स्थित जनसेवा माध्यमिक विद्यालयका बिद्यार्थीहरूलाई प्रशिक्षण दिएको हो ।

आदर्श समाज कानेपोखरीले विभिन्न जनचेतनमुलक कार्यक्रम गर्दै आएको छ । आदर्श समाजका अध्यक्ष प्रकाश कोइरालाले अहिलेकाे युवापुस्ता नजाँनिदाे ढंगले लागुऔषधमा फसिरहेकाेले यसकाे जाेखिम न्युनीकरण गर्न यसखाले कार्यक्रमकाे आयाेजना गरिएको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीलाई लागु औषध भनेको के हो? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ? लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन्? यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्न सकिन्छ? लगायतका विषयमा रमाइलो प्रहरी चाैकीका इन्चार्ज वरिष्ठ सई घनश्याम पाण्डेले सहजीकरण गर्नु भएको थियोे ।

प्रकाशित मिति: २०२३-०७-०१ , समय : ११:११:१४ , १० महिना अगाडि