रमाइलो जेसीजले मनायो धान दिवस

hari , १९५  पटक हेरिएको

दीपेश राेक्का

, कानेपाेखरी, १५ असार ।मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलोमा शुक्रबार रमाइलो जेसीजले धान दिवस मनाएको छ।

रमाइलो जेसीजले स्थापन काल देखि नै धान दिवस मनाउँदै आएको थियो । रमाइलो जेसीजका अध्यक्ष मातृका कोइरालाले रमाइलो जेसीजले समाज सुधार र जनचेतनाका लागि बिभिन्न कार्यक्रमहरु गरिरहेको बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि ग्रहण कानेपोखरी गाउँपालिका वडा ६ का वडा अध्यक्ष खडग बहादुर बस्नेत गर्नुभएकाे थियोे । कार्यक्रममा रमाइलो जेसीजका पदाधिकारी तथा सदस्यहरू, कानेपोखरी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष चरण गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजक रमाइलो जेसीजका उपाध्यक्ष युवराज कार्कीले गर्नु भएको थियाेे ।

प्रकाशित मिति: २०२३-०६-३० , समय : १४:५०:१४ , १० महिना अगाडि