८४ वर्ष कटेका शेयर सदस्यलाई ३० हजार नगद सहित सम्मान

Enepal Patra Pvt. Ltd. , ७५५  पटक हेरिएको

हरिप्रसाद कोइराला
उर्लाबारी, ३१ साउन । मेची बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले ८४ वर्ष उमेर पुगेका आफ्ना १२ जना शेयर सदस्यको सामूहिक ८४ पूजा गरिदिने भएको छ । पूर्वीय शास्त्रमा ८४ पूजाको विशेष महत्व रहेको छ ।
सहकारी संस्थाले २७ औं साधारण सभा एवं २५ औं वार्षिकोत्सवका अवसरमा मोरङको पथरीमा पत्रकार सम्मेलन गर्दै ३० हजार नगद सहित वृद्ध–वृद्धालाई सम्मान गर्ने जनाएको हो । झापाको दमकमा मुख्य कार्यलय रहेको मेची सहकारीले संस्थाको रजत महोत्सवका अवसरमा कार्यक्रम गर्न लागेको हो । झापाको दमकमा कोरोना संक्रमण बढेपछि मोरङ पथरी सेवा केन्द्रले पत्रकार सम्मेलन आयोजना गरेको हो । झापा, मोरङ र सुनसरीमा ११ वटा सेवा केन्द्रबाट सेवा दिँदै आएको मेची सहकारी संस्थामा ९ हजार ४८० शेयर सदस्य रहेका छन् । संस्थामा ३१करोड १४ लाख २ हजार ६ रुपियाँ शेयर पुँजी रहेको छ । यस्तै १ अर्व ९३ करोड ४ लाख १७ हजार ७८० रुपियाँ निक्षेप रहेको छ भने संस्थाले २ हजार ९७८ जनालाई २ अर्व ५० करोड २९ लाख ६४ हजार ३२८ रुपियाँ कर्जा लगानी गरेको छ । २ अर्व ९६ करोड ३४ लाख २९ हजार ५१ रुपियाँको कारोवार गरेको संस्थाले गत आर्थिक वर्षमा ८ करोड ६१ लाख ४० हजार ८५२ रुपियाँ शुद्ध बचत गरेको थियो ।
संस्थाले आगामी वर्ष देखि ८४ वर्ष नाघेका वृद्धहरूलाई एक पटक ३० हजार नगद सहित सम्मान गर्ने भएको छ ।

प्रकाशित मिति: २०२१-०८-१५ , समय : १३:३५:५५ , ३ वर्ष अगाडि