प्रदेशसभा बैठक माघ २० देखि

Enepal Patra Pvt. Ltd. , ८८२  पटक हेरिएको

विराटनगर, २ माघ ।  प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने जानकारी दिनुभयो ।
प्रदेशसभाको यो तेस्रो अधिवेशन हो भने यसअघिको अधिवेशनबाट प्रदेश सरकारले विभिन्न २४ वटा ऐन पारित गरिसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
चालू हुने अधिवेशनबाट थप कानून निर्माण हुने र प्रदेशको राजधानी तथा नाम पनि तोकिने प्रस्ताव प्रदेशसभाको बैठकमा आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०१९-०१-१६ , समय : १५:५५:०४ , ४ वर्ष अगाडि