सार्वजनिक सुनुवाई सम्पन्न

Enepal Patra Pvt. Ltd. , १२४०  पटक हेरिएको

प्रशान्त निरौला
लेटाङ १७ माघ । लेटाङ नगरपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
नगरकार्यपालिकाको निर्णय वमोजिम लेटाङ नगरपालिका वडा नं. ७ को वडा कार्यलयको सभाहलमा सोमवार भएको कार्यक्रममा नगरपालिकाले गरिरहेका कार्यक्रमहरुको समिक्षा गरेको थियो भने नगरपालिकाका गतिविधिका विषयमा सवाल जबाफ गरिएको थियो । नगरपालिकामा चालु आर्थिक वर्षमा ३५ प्रतिशत वजेट भुक्तानी भएको र योजनाका काम सम्पन्न हुने क्रम रहेको वताईएको छ । बाँकी रहेका काम पनि समयमै सकिने नगरप्रमुख शंकर राईले कार्यक्रमको दौरानमा वताउनुभयो ।

शिक्षा , स्वास्थ्य , खानेपानी , कृर्षी , पशुपालन क्षेत्रमा बृहत योजना वनाएर नगरपालिका अगाडी वढ्नुपर्ने सहभागिहरुले सुझाएका थिए ।
कार्यक्रममा सहभागिहरुका जिज्ञासाहरुको उत्तर नगरप्रमुख शंकर राई ,उपप्रमुख कृष्णकुमारी निरौला , प्रमुख प्रसासकिय अधिकृत हरीप्रसाद चापागाँई , विषयगत शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।

कार्यक्रमलाई रेडियो सुसेलीले सहजीकरण गरेको थियो ।

प्रकाशित मिति: २०१९-०१-३१ , समय : १५:२५:०६ , ५ वर्ष अगाडि