ईनेपालपत्र संबाददाता , २ पटक हेरिएको
कटुवा पेस्तोल र एक राउण्ड गोली कम्मरमा लुकाएर लैजाँदै गरेको अवस्थामा पक्राउ
सञ्जय मिश्रा/न्युज कारखाना
धनुषा, ६ मंसिर। धनुषाको धनुषाधाममा कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोल निवासी अन्दाजी ४० वर्षीया गंगावती महतो रहेकी छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान करिब ११ बजे धनुषाधाम नगरपालिका–४, गोरिपुर टोलमा उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार महिलाले कम्मरमा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली लुकाएर लैजाँदै गरेको अवस्थामा फेला पारेकी थिइन्।
पक्राउ परेकी महिलामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी एवं डिएस्पी ओमप्रकाश खनालले घटनाबारे जानकारी दिएका हुन्।

प्रकाशित मिति: २०२६-११-२२ , समय : १५:१९:०२ , ९ मिनेटutes अगाडि