न्यायमा बाह्य पहुँच विषयक गोष्ठी

अभिषेक पौडेल , ७६८  पटक हेरिएको

लेटाङ ७ माघ । जिल्ला अदालत मोरङले न्यायमा बाह्य पहुँच कार्यक्रम लेटाङ नगरपालिकामा सम्पन्न गरेको छ ।
शुक्रवार लेटाङ नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा जिल्ला अदालत मोरङका न्यायधिस राजकुमार खतिवडा, पूर्णेश्वरप्रसाद उपाध्याय ,दिपक खनाल , स्रेस्तेदार ईश्वरमणी ओझा , वार अध्यक्ष ज्ञानेन्द्रबहाुदर थापा लगायतको टोलीले लेटाङ नगरपालिकाका प्रमुख सहित नगरका पदाधिकारी , वडा अध्यक्षहरु , सदस्यहरु तथा नगरपालिकाका कर्मचारीहरुका विचमा नागरिकले न्यायलयवाट पाउने सेवा तथा सुविधालाई नजिक्याउन के गर्न सकिन्छ भन्ने विषयमा गहन अन्र्तक्रिया भएको थियो ।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले न्यायलयमा सहज पहुँचका लागि सबैले न्यायलयमा सहज पहँुच पूर्याउन जरुरी रहेको वताउनुभयो । सामान्य नागरिकलाई न्यायलय सम्म पूग्न नै कठिन भएको वताउदै नगरप्रमुख राईले अदालतवाट वास्तविक न्याय पाईन्छ भन्ने अनुभुति जनतालाई गराउन आवश्यक रहेको वताउनुभयो । अदालतले प्रमाणका आधारमा न्याय गर्ने भएकाले सामान्य जनतालाई प्रमाण जुटाउनै कठिन हुने भएकाले सहज वातावरणमा न्याय लिने वातावरण वनाउन आवश्यक रहेको वताउनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिकाका वडा अध्यक्ष तेजप्रसाद तिम्सिना , देवराज चाम्लिङ लगायतले न्याय सम्पादनमा पालिका स्तरमा गठन भएको न्यायिक समिति तथा मेलमिलापको विधि तथा प्रक्रिया र यस भित्रका कानुनी जटिलताका विषयमा प्रश्न गरेका थिए ।
अन्र्तक्रियामा उठेका प्रश्नहरुको जिल्ला न्यायधिस खतिवडाले प्रस्ट पार्नभएको थियो ।

प्रकाशित मिति: २०१९-०१-२२ , समय : ०६:४८:३२ , ५ वर्ष अगाडि