वडाध्यक्षद्धारा आत्महत्या

Enepal Patra Pvt. Ltd. , ६५५  पटक हेरिएको

काठमाडौं २४ पूस। उदयपुरको चौदण्डीगढी नगरपालिका ८ की कार्यवाहक वडाअध्यक्ष यशोधा नेपालीले आत्महत्या गरेकी छन् । दलित महिला सदस्यमा निवार्चित नेपालीले भान्छा कोठाको धरिनमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

गत पुस २३ गते तय गरिएको बैठकमा केही योजनाको बजेट रकमान्तर गर्न नगरपालिकाले पत्र पठाएको थियो । पत्र प्राप्त भएपछि बोलाइएको बैठकमा वडाका सबै सदस्य आउँदा कार्यवाहक अध्यक्ष नै नआएपछि उनको सोधिखोजी गरिएको थियो ।

सोधिखोजीका क्रममा नेपालीको घरमै पुग्दा उनी भान्छा कोठाको धरिनमा झुन्डिएको अवस्थामा भेटिएको अन्नपूर्णमा समाचार छ ।

प्रकाशित मिति: २०२०-०१-०९ , समय : ११:१८:०८ , ४ वर्ष अगाडि