सामुदायिक बनहरुको सवालगत छलफल

Enepal Patra Pvt. Ltd. , ८०५  पटक हेरिएको

लेटाङ १८ पूस । लेटाङ नगरपालिका भरिका सामुदायिक बनहरुको सवालगत छलफल कार्यक्रम विहिवार लेटाङ ४ को जनसेवा सामुदायिक बनको सभाहलमा सम्पन्न भएको छ ।
लेटाङ नगरपालिकाको आयोजना तथा फेकोफोन नगर समिति लेटाङको सहकार्यमा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई, फेकोफोन प्रदेश समितिका सचिव अग्नि पौडेल ,सदस्य रेनुका दहाल, सव डिभिजन कार्यलयका लेटाङका प्रमुख ,नगरपालिका भरी रहेका ३६ वटा सामुदायिक बनका पदाधिकारी , , जिल्ला समितिका पदाधिकारी विचमा छलफल भएको थियो ।
छलफलले सरकारले सामुदायिक बनहरुलाई लगाएको करको विषयमा समेत गम्भिरता दिईएको थियो । सामुदायिक बनहरुलाई नगरपालिका मतहतमा काम गर्नका लागि कस्तो सहकार्य गर्ने भन्ने विषमा समेत छल छलफल भएको थियो ।

प्रकाशित मिति: २०२०-०१-०३ , समय : १२:०२:३७ , ४ वर्ष अगाडि