कोप–३१ मा हिमाली क्षेत्रको जलवायु न्यायका लागि नेपालको आह्वान

ईनेपालपत्र संबाददाता , २१  पटक हेरिएको

एन्टाल्या (टर्की)२९ कार्तिक । टर्कीको एन्टाल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (COP31) मा नेपालले हिमाली क्षेत्रको जलवायु न्याय र सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।
सम्मेलनका क्रममा आयोजित उच्चस्तरीय पत्रकार सम्मेलन तथा संवादमा नेपाल, भुटान, किर्गिस्तान लगायतका हिमाली राष्ट्रहरू र इसिमोड (ICIMOD) ले हिमाली क्षेत्रमा बढ्दो तापमानका कारण हिमपहिरो, बाढी र हिमताल विस्फोटको जोखिम भयावह बन्दै गएको चेतावनी दिएका छन्।
नेपाली प्रतिनिधिमण्डलका सदस्य मञ्जित ढकालले हिमाली देशहरूको आवश्यकताको तुलनामा अन्तर्राष्ट्रिय जलवायु वित्त निकै न्यून रहेको बताउँदै पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी र क्षतिपूर्तिका लागि अनुदानमा आधारित लगानी बढाउन माग गरेका छन्।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले पनि “हिमाल सङ्कटमा पर्नु भनेको सिङ्गो मानवता सङ्कटमा पर्नु हो” भन्दै विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न आग्रह गरेका थिए।

प्रकाशित मिति: २०२६-११-१५ , समय : १०:३७:२२ , २० मिनेटutes अगाडि