Enepal Patra Pvt. Ltd. , ११६१ पटक हेरिएको
बिराटनगर ६ माघ । प्रदेश एकको प्रदेश लोकसेवा आयोगको अध्यक्षमा उत्तमकुमार भट्टराईलाई सिफारिस गरिएको छ। सोमबार विराटनगरस्थित प्रदेश सरकार प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष लोकसेवा आयोग गठन सम्बन्धी ऐन अनुसार सिफारिस समितिले अध्यक्षमा भट्टराईसहित अन्य दुइ जना सदस्य सिफारिस गरेको हो।
आयोगको अध्यक्षमा खोटाङका भट्टराईसंगै मुख्यमन्त्री कार्यालयका सचिव टीकादत्त राई र साहित्यकार सीमा दाहाल आभाष सिफारिस भएका हुन। लोकसेवा आयोग सिफारिस समितिमा मुख्यमन्त्री, सभामुख र प्रमुख विपक्षी दलका नेता रहने प्रावधान छ । सोही अनुसार अध्यक्ष भट्टराई पूर्व कृषि सचिव, राई मुख्यमन्त्री कार्यालय र आभाष कांग्रेसतर्फबाट सिफारिसमा परेका हुन।
प्रकाशित मिति: २०२०-०१-२० , समय : १९:०४:२२ , ७ वर्ष अगाडि