देशमा नै नाम चलेका ब्यक्तिहरु प्रदेश १ को भ्रमणमा व्यस्त

Enepal Patra Pvt. Ltd. , ७०५  पटक हेरिएको

विराटनगर । देशमा नै नाम चलेका ब्यक्तिहरु प्रदेश १ को भ्रमणमा निस्किएका छन् । प्रदेश १ को मुख्य पर्यटकीय क्षेत्रहरुको भ्रमणका लागि टोली आएको हो । प्रदेश १ सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ’इमाजिन नेपाल’सँगको सहकार्यमा प्रर्यटन प्रवद्र्धन गर्ने उदेश्यले उनीहरु यात्रामा निस्किएका हुन् ।

प्रदेश १ का मुख्य पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा प्रबद्र्धन गर्नका लागि यात्रा पुर्बको शुरु भएको हो । यात्रा पुर्बको यो अभियान शनीवार साँझ कोशीटप्पुबाट शुरु भएको हो । कोशीटप्पुको एक्वा वर्डस् वाईल्ड लाईफ रिसोर्टमा एक भब्य कार्यक्रमको आयोजना गरी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले शुभारम्भ भएको घोषणा गरेका थिए । त्यस्तै टोली आज बिहान सुनसरीको बर्जु ताल हुँदै विराटनगर आएको हो । प्रदेशका मुख्यमन्त्री शेरधन राई र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले स्वागत गरे । विराटनगरमा भएको स्वागत कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, उपसभामुख सरस्वती पोखरेल तथा योजना आयोगका उपाध्यक्ष सुबोध राज प्याकुरेल लगायतले यात्रापूर्वको शुभारम्भ गरेका थिए ।

यात्रामा बैंकरदेखि पूर्व मिस एसियासम्म सहभागी छन् । उनीहरुले प्रदेश १ का प्रमुख पर्यटकीय गन्तव्यस्थल घुम्नेछन् । प्रदेश १ का पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचार गर्नका लागि एकहप्तासम्म यो अभियान जारी रहने मन्त्री कुसियैतले जानकारी दिए। सुनसरीको कोशीटप्पुबाट शुरु भएको पुर्बको यात्रा ईलामको सन्दकपुरसम्मको रहने छ ।

मुख्यमन्त्री शेरधन राईले यात्रामा सहभागीलाई स्वागत गर्दै प्रदेश १ का सबैभन्दा होचो कचनकवलदेखि विश्वकै सबैभन्दा अग्लो सगरमाथासमेत यसै प्रदेशमा रहेको जानकारी दिए । तर, त्योबाहेक पनि घुम्ने दर्जनौ अरु स्थलहरु रहेकोले ईलामदेखि तिनजुरे मिल्के र जलजले तथा भेडेटार घुम्न जाने समेत उनले सुझाए । मुख्यमन्त्री राईले सगरमाथादेखि मकालु र कञ्चनजंघासम्मलाई मुन्धुम ट्रेलको विकास गरी नयाँ गन्तब्यको विकास गरिएको बताए । उनले प्रदेश १ लाई चिया, रुद्राक्ष र गुराँसको पनि राजधानी भएको सुनाए ।

नबिल बैंकका सिईओ अनिलकेशरी शाहले प्रदेश सरकारले आफ्ना ठाउँको प्रचारको लागि ल्याएको सोच नविनतम भएको बताए उनले यो भ्रमणपछि सहभागीबाट हुने प्रचार प्रसारले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए । उनले भने, ‘पर्यटन प्रवद्र्धन गर्ने हो भने पहिला देश अनी बिदेश हो ।’ मिस एसिया युनिभर्स २०१७ की पिंकी राजगढियाले आफ्नो जन्म धरानमा भएको र पूर्वीनेपालबारे आफू परिचित भएको सुनाइन् । पुर्बको प्राकृतिक सौन्दर्यसँग आफु परिचित रहेको जानकारी दिँदै यो यात्रामा आफु पनि सँगै रहेको सुनाईन ।

यात्रा पुर्बको यो अभियानमा अष्ट्रेलियाका चारजना बिदेशी सहित गायिका अभया सुब्बा, विभिन्न मिडियाका पत्रकार, ब्लगर, बैंकर्स, सुन्दरीहरु सहभागी छन् । यात्राको सहकार्यमा सहयोग गरेका अमेरिका निवासी पाइलट प्रितम कुसियैतले प्रदेश १ का पर्यटकीय गन्तब्यलाई प्रदेशका साथै विश्वभर प्रचार गर्ने उद्देश्यले यात्रापूर्वको कार्यक्रम तय गरिएको जानकारी दिए । यात्रा पुर्बको यो अभियानमा ७० जना सहभागी छन् ।

प्रकाशित मिति: २०१९-१२-०८ , समय : १३:१४:१४ , ४ वर्ष अगाडि