काठमाडौँ, २९ पुस । कोभिड सङ्क्रमणका कारण पर्यटन क्षेत्रले बेहोर्नु परेको समस्या समाधानमा सरकार तयार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । पर्यटन सम्बद्ध निजी क्षेत्रका सरोकारवालासँग आइतबार मन्त्रालयमा आयोजित अन्तरक्रियामा उहाँले राज्यले धान्न सक्ने अवस्थासम्म निजी क्षेत्रका समस्या समाधान गरिने बताउनुभयो ।
कोभिडबाट सिर्जित समस्याका विषयमा सरकार पूर्ण जानकार रहेको भन्दै उहाँले यतिबेला मान्छेको जीवन जोगाउनु महìवपूर्ण भएकाले कतिपय स्वास्थ्य प्रोटोकल पालना गर्नैपर्ने अवस्था रहेको बताउनुभयो ।
मन्त्री ढकालले पर्यटकलाई अन अराइभल भिसा दिने विषयलाई आफूले मन्त्रिपरिषद्मा छलफल गर्ने जानकारी दिनुभयो । त्यस्तै उहाँले कोभिडबाट अत्यन्त प्रभावित होटल व्यवसायका समस्या समाधानमा पनि सरकारले ध्यान दिएको बताउनुभयो ।
प्रोटोकल पालना गरेर होटल व्यवसाय सञ्चालन गरेको अवस्थामा जुनसुकै समयमा पनि खोल्न सक्ने उहाँले जानकारी दिनुभयो । “होटलले प्रोटोकल पालना गरेको छ भने रातिको समयमा ९, १० अथवा ११ बजेसम्म भन्ने हुँदैन”, उहाँले भन्नुभयो, “जुनसुकै बेला पनि खोल्न सकिन्छ । ”
संसद् विघटन भएको अवस्थामा पर्यटनसम्बन्धी कानुन नबने पनि आवश्यक परेको अवस्थामा भने कार्यविधि र गठन आदेशका हिसाबले पनि बाधा फुकाउन सकिने उहाँले स्पष्ट पार्नुभयो । अझ तत्काल नै केही गर्नैपर्ने अवस्थामा अध्यादेश पनि ल्याउनुपर्ने हुनसक्छ, उहाँले भन्नुभयो ।
उहाँले पर्यटन व्यवसायीलाई उपलब्ध गराउनुपर्ने पुनर्कर्जाको विषयमा अर्थमन्त्रीसँग छलफल गर्ने जानकारी दिनुभयो । पर्यटन व्यवसायीको माग अनुसार नै एकद्वार प्रणाली लागू गर्ने विषयमा पहल गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायीले विदेशी पर्यटक आउन नसक्ने अवस्थामा सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षका रूपमा घोषणा गर्न आग्रह गरेका थिए । कर्मचारीलाई कम्तीमा एक हप्ता बिदा दिएर घुम्नैपर्ने व्यवस्था लागू गर्नुपर्ने उनीहरूको माग थियो ।
त्यस्तै विदेशी पर्यटक आकर्षित गर्न सात दिनको क्वारेन्टाइन अवधि घटाउनुपर्ने र सरकारले विशेष छुटसहितका प्याकेज घोषणा गर्नुपर्ने व्यवसायीको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.