लेटाङ एक्स्पो हुने

१ सय ५० वटा स्टलहरू राखिने

Enepal Patra Pvt. Ltd. , ९९३  पटक हेरिएको

लेटाङ फागुन ३ गते । कृषी पर्यटनलाई प्रर्वधन गर्ने उदेश्य सहित लेटाङ एक्स्पो हुने भएको छ ।
लेटाङ उद्योग वाािणज्य संघको आयोजनामा फाल्गुन १७ गते देखि २६ गते सम्म लेटाङ ४ स्थित नयाँ वसपार्कमा एक्स्पो आयोजना गरिने भएको हो ।

उत्तरी मोरङको मुख्य कृषि उत्पादन अलैची,तेजपात, अम्लिसो,चिया,अदुवा, आरु बखडा र अदुवाको ब्यापार बिस्तार र प्रचारका लागि एक्स्पो केन्द्रीत हुने आयोजक समितिका संयोजक खड्ग श्रेष्ठले बताउनु भयो । संयोजक श्रेष्ठका अनुसार उत्तरी मोरङका प्रमुख पर्यटकीय गन्तब्य राजारानी ताल,बाराजी मन्दिर,किसे झरना,कोलुङ झरना,मातृभुमि चिया बगान र जेफाले डाडाँमा पर्यटकलाई आकर्षित गर्न एक्स्पोको आयोजना गरिएको हो ।

यसका अतिरिक्त अटो मोवाइल्स,खाना, होटल,लुगा कपडा,इलेक्ट्रोनिक्स र मनोरञ्जन पनि एक्स्पोको आकर्षण रहने छ ।

१० दिन सञ्चालन हुने एक्स्पोमा ५ करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको छ । १ सय ५० वटा स्टलहरू एक्स्पोमा राखिनेछन् । एक्स्पो अवधिमा झण्डै २ लाख मानिसले अवलोकन गर्ने आयोजकको दाबी छ । कुल ७५ लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको लेटाङ एक्स्पो आयोजना गर्न झण्डै ५९ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

झण्डै २ सय स्थानीय सरोकारवालाहरूको उपस्थिसतमा भएको पत्रकार सम्मेलनमा लेटाङ नगरपालिकाका नगर प्रमुख शङ्कर राईले लेटाङको जङ्गलमा ४६ प्रजातिका विश्व कै दुर्लभ सुनाखरी रहेको बताउनु भयो । उहाँले नेपालको सुनाखरीका विषयमा जापानका विश्व विद्यालयमा अध्ययन भइरहेको बताउँदै सुनाखरीको संरक्षण गर्ने जिम्मा लेटाङवासीको भएको उल्लेख गर्नुभयो ।

एक्स्पोको तयारीका लागि ३ सय ५१ सदस्यीय मुल समारोह समिति र २७ सदस्यीय सचिवालय गठन भएको महासचिव देवराज चाम्लिङले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०१९-०२-१५ , समय : १९:०९:१२ , ५ वर्ष अगाडि