‘बहुसंस्कृति ग्राम’ बनाइने

Enepal Patra Pvt. Ltd. , ११५०  पटक हेरिएको

पोखरा, २ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले साहित्य, कला र पर्यटनलाई जोड्दै सबै जातिको संस्कृतिको प्रतिविम्ब झल्कने उद्देश्य राखेर प्रदेश सरकारले ‘बहुसंस्कृति ग्राम’ बनाउन लागेको जानकारी दिनुभएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरद्वारा सञ्चालित सप्तरङ्ग महासङ्गीत यात्राको आज साँझ पोखरामा शुभारम्भ गर्दै उहाँले सामाजिक सद्भावलाई प्रवद्र्धन गर्न राष्ट्रिय एकताका साथ समृद्ध नेपाल निर्माण गर्न गण्डकी प्रदेश अग्रसर भएर काम गरिरहेको उल्लेख गर्नुभयो । ट्रान्सफरले सामाजिक सद्भाव र ऐक्यबद्धताका लागि यसअघि छ वटा प्रदेशमा साङ्गीतिक कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति: २०१९-०२-१५ , समय : ११:४९:२० , ७ वर्ष अगाडि