अनुदानको तरकारी बिउ वितरण सुरु

Enepal Patra Pvt. Ltd. , १०२५  पटक हेरिएको

लेटाङ, १५ बैशाख । लेटाङ नगरपालिकाले ८५ प्रतिशत अनुदानमा तरकारीको बीउ बितरण सुरु गरेको छ ।

लकडाउनले बाहिर हिड्ने अवस्था आएपछि कृषकहरुले घरघरमा विउ बाढिदिन माग गरेका थिए । सोही अनुसार आज लेटाङ नगरपालिका वडा नं. ५ का १३ वटा कृषक समुह , २ वटा कृषि फार्म र १५ जना कृषकहरुलाई तरकारीको विउ वितरण गरिएको हो ।

तरकारी खेतीका लागि अगाडी रहेको लेटाङ नगरपालिकाका ९ वटै वडामा पूगेर विउ वितरण गरिने लेटाङ नगरपालिका कृषि शाखा प्रमुख करण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो हप्ता भित्रमा सवैलाई विउ वितरण गरिनेछ ।
नगरपालिकाले टमाटार, भिन्डी ,लौका , फर्सी, घिरौला, वोडी , साग, खुर्सानी , कांक्रा , करेला र धनियाको बीउ वितरण गरिरहेको छ ।

प्रकाशित मिति: २०२०-०४-२७ , समय : १४:०३:४८ , ४ वर्ष अगाडि