स्वास्थ्य क्लिनक सञ्चालक र मेयर विच भेटघाट

Enepal Patra Pvt. Ltd. , ७३६  पटक हेरिएको

 

लेटाङ, ९ चैत । क्लिनिक सञ्चालक र नगरपालिका बिच भेटघाट भएकाे छ ।  लेटाङ नगरपालिकामा रहेको निजि क्लिनिक सञ्चालकहरुको एक टोलीले नगरपालिकाका प्रमुख शंकर राईलाई भेटेर आफुहरु असुरक्षित रहेको वताएपछि सुरक्षाका लागि एकएक थान डिजिटल थर्मोमिट प्रदान गर्ने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

आफ्नो क्लिनिकमा उपचार गराउन आउनेहरु कोरोना रोगी भए सहजै आफुलाई समेत यो रोग सर्ने क्लिनिक सञ्चालकहरुले वताएपछि मानिसको तापक्रम नाप्ने यन्त्र क्लिनिकहरुलाई दिईने निर्णय गर्नुभएको हो ।

नगरप्रमुख राईले स्वास्थ्य क्लिनिक तथा औषधी व्यवसायीहरुलाई मुल्यबृद्धि गरेर औषधी विक्रि नगर्न निर्देशन दिनुभयो ।

प्रकाशित मिति: २०२०-०३-२२ , समय : १२:१९:२२ , ५ वर्ष अगाडि