किन अचानक बढ्छ मुटुको धड्कन ?

ईनेपालपत्र समाचारदाता , २३५  पटक हेरिएको

सामान्य अवस्थामा मुटुको चाल थाहा हुँदैन । शारीरिक भार पर्ने काम गदा, दौडदा, छिटो छिटो हिंड्दा भने मुटुको चाल तिब हुन्छ, जो सहजै महसुष गर्न सकिन्छ ।
मुटु शरीरको अति संवेदनसिल अंग हो यसले रगतलाई शरीरका विभिन्न भागमा पुन्याउनका लागि पम्पको काम गर्छ । त्यसैले मुटु निरन्तर, नियमित रुपमा एउटै गतिमा धड्किरहेको हुन्छ । स्वस्थ्य जीवनको लागि यो आवश्यक पनि छ ।
तर, यदि मुटुको चाल अनियमित भयो भने त्यसले स्वास्थ्यमा कुनै समस्या भएको संकेत गर्छ । मुटुको धड्कन छिटो-छिटो भयो भने वा अस्वभाविक धिमा भयो भने त्यसलाई राम्रो मानिदैन । यसले गंभिर रोगको संकेत गर्छ । मुटुको चालमा गडबडी भएमा त्यसले फोक्सो, कलेजो, मिर्गौला, मस्तिष्कलाई समेत प्रभावित बनाउन सक्छ ।
सामान्य अवस्थमा मुटुको धड्कन रेट ६०-९० प्रति मिनेट हुन्छ । यदि हार्ट रेट बढेर १०० बिट्स प्रति मिनेटभन्दा बढी भएमा त्यसलाई सामान्य मान्न सकिदैन ।
यदि हामी मुटुका रोगी छौ भने मुटुको विद्युतिय प्रणाली प्रभावित हुन्छ र धड्कन तिब्र हुन्छ । यदि सामान्य अवस्थाका व्यक्ति छौं भने विद्युतिय संकेतमा खराबी भएर टेककार्डियाको समस्या भएको हुनसक्छ । इनएप्रोपाइट साइनस टेककार्डिया
यो मुटु सम्बन्धित एक समस्या हो । टेककार्डिया, शरीरको सामान्य प्रतिक्रियाको हिस्सा हुनसक्छ । अक्सर चिन्ता, ज्वरो वा
रक्तश्राव आदिको अवस्थामा मुटुको गति बढ्छ । अन्या अवस्थामा मुटुको चाल तिब्र भयो भने त्यसले थाइराइड वा हाइपरथाइराइडिज्मको संकेत गर्छ । कहिले काहिं निमोनिया हुँदा सास फेर्न समस्या हुन्छ, • त्यसबेला पनि मुटुको चाल तिव्र हुन्छ । रोगको लक्षण
टेककार्डिया साइनस र नन साइनस दुई प्रकारको हुन्छ । साइनस टेककार्डिया एप्रोप्रीएट साइनस टेककार्डिया र इनएप्रोप्रोएट साइनस टेककार्डिया दुई प्रकारको हुन्छ ।
यस्तो समस्यामा मुटुको चाल तिब्र हुने, • छाती दुख्ने, थकान अनुभव हुने, पसिना आउने लक्षण देखापर्छ ।
रोगको उपचार
आइएसटीका रोगीले शारीरिक श्रम गर्नु हुँदैन । इनएप्रोपोएट साइनस टेककार्डिया लामो समयसम्म रहने समस्या हो । यसैले यसको उपचार क्रमिक रुपमा गर्नुपर्ने हुन्छ । आइएसटीको उपचार औषधि वा ओपन हार्ट सर्जरीद्वारा गर्न सकिन्छ । तर, ओपन हार्ट सर्जरीको अवस्था त्यती आएको देखिदैन । चिकित्सकले औषधीद्वारा नै यसको उपचार गर्दै आएका छन् ।
यदि इनएप्रोप्रोऐट साइनस टेककार्डियाको कुनै लक्षण आफ्नो शरीरमा लगातार २४ घण्टासम्म रहेमा शरीरको चेकजाँच गराउनुपर्छ । चिकित्सकको परामर्श लिनैपर्छ ।

प्रकाशित मिति: २०२३-०९-१४ , समय : १६:३७:३८ , ८ महिना अगाडि