लेटाङका स्वास्थ्य क्लिनिकको अनुगमन

प्रशान्त निराैला , २७८  पटक हेरिएको

लेटाङ, ५ भदौ । लेटाङ नगरपालिकामा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुको अनुमन गरिएको छ ।  अनुगमन टोलिले लेटाङ ३ मा रहेको दिर्घायु फार्मेसी, हांखिम मेडिकल हल, लेटाङ औषाधालय तथा डेन्टल क्लिनिक, शुभकामना शुभकामना हेल्थ केयर सेन्टर तथा नेवा फार्मेसी, आखाँ तथा कान उपचार केन्द्र लेटाङ, विनु मेडिकल हल आरविएस स्वास्थ्य क्लिनिक, लेटाङ डेन्टल क्लीनक, लेटाङ ल्याव क्लिीनीक तथा अमुल मेडिकल हल, पाथिभरा क्लिनिक तथा जनप्रीय मेडिकल हलको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा अघिल्लो पटकको अनुगमनलाई आधार मानेर पुनः अनुगमन गरिएको थियो । अघिल्लो पटक दिईएका सुधारात्मक सुझावहरुलाई अधिकांस स्वास्थ्य संस्थाहरुले कार्यन्वयन गर्ने चरणमा पुगेको पाईए पनि केही स्वास्थ्य संस्थाले भने सुझाव नटेरेको पाईएको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो । स्वास्थ्य संस्थाहरुले कागजात अध्यावधिक नगरेको पाईएको उहाँले जानकारी दिनुभयो । ३ देखि १५ दिन सम्मको म्याद राखेर संस्थाका सवै चरणका डकुमेन्ट अध्यावधिक गर्न निर्देशन गरिएको उहाँले वताउनुभयो ।

दिर्घायु मेडिकल हल र शुभकामना हेल्थ केयर सेन्टरको फार्मेसी संचालनका लागि आधिकारिक ब्यक्ति नभएको त्यसलाई सच्याउन निर्देशन गरिएको उहाँले बताउनुभयो ।

फार्मेसीहरुले खाद्य बस्तु अन्तरगत पर्ने फुड सप्लिमेन्ट राखेको पाईएकोले जफत समेत गरिएको छ । त्यसै अधिबकांश स्वास्थ्य संस्थामा संचालित ल्यावहरु लाई ब्यवस्थित गर्न निर्देशन समेत गरिएको छ । ल्यावको मापदण्ड पुर्ण नभएको भन्दै ब्यवस्थीत गर्न निर्देशन गरिएको हो ।

यता केही दिन अघि मात्र विवादमा परेको जनप्रीय मेडिकल हलको भने सवै डकुमेन्ट अध्यावधिक भएको पाईएको छ । उक्त मेडिकल हल हाल विनिता तामाङको घट्नामा संलग्न् भएपछि वन्द रहेको छ ।
प्रशान्त मेडिकल हल तथा आयुस डेन्टल क्लीनिक बन्द गरिएको अवस्थामा फेला परेको छ ।उनिहरुलाई कारण सहित उपस्थित हुनका लागि म जनस्वास्थ्य कार्यालयले पत्र लेख्ने वताईएको छ ।
अनुगमनटोलीमा जिल्ला लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला,स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अनिल कुमार देब, औषधी ब्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियार, जिल्ला प्रसासन कार्यालयका प्रतिनिधी पर्मेश्वर भट्टराई , पत्रकार महासंघ मोरङका सहसचिव प्रशान्त निरौला, ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख भिम ओली लगायत हुनुहुन्थ्यो ।

प्रकाशित मिति: २०२३-०९-२२ , समय : २०:२६:११ , ७ महिना अगाडि