राष्ट्रियसभा बैठकः तीन विधेयक पेश

Enepal Patra Pvt. Ltd. , ४९६  पटक हेरिएको

काठमाडौं, १४ माघ। राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक पेश भएका छन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयक, २०७६ र भ्रष्टाचार निवारण ९पहिलो संशोधन विधेयक०, २०७६ तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ पेश गर्नुभयो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो ।

बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य गम्भीरजङग कार्कीको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बैठकमा सो शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ १९ गते बिहान ११ बजे बस्नेछ ।रासस

प्रकाशित मिति: २०२०-०१-२८ , समय : १६:२०:२१ , ५ वर्ष अगाडि