१४ वर्ष देखि साउदीअरबमा बेपत्ता

hari , ४३२  पटक हेरिएको

१४ वर्ष देखि साउदीअरवमा बेपत्ता मोरङको पथरीशनिश्चरे –३ का शुक्रराज तामाङ

पथरीशनिश्चरे ,२७ चैत । घर परिवारका समस्या टार्न बिदेशिनु भएका मोरङको पथरीशनिश्चरे –३ का शुक्रराज तामाङ १४ वर्ष देखि साउदीअरवमा बेपत्ता हुनुहुन्छ ।
काठमाडौंको जुपिटर ओभरसिजबाट २०६५ साल भदौ १७ गते साउदीअरवका लागि उड्नु भएका ३८ वर्षीय तामाङले उहाँ पुगेपछि एक पटक मात्र फोन गर्नुभयो । काममा लागें,भनेर जानकारी गराए यता न उहाँले फोन गर्नु भएको छ । न पत्र पठाउनु भएको छ । अहिले ५२ वर्ष पुगिसक्नु भएका तामाङकी कान्छी छोरी सोममाया माझीले भन्नुभयो–‘बुबा घरबाट हिड्दा म ८ बर्षको थिएँ । अहिले बिहे भएको पनि २÷३ वर्ष भइसक्यो । भाइ त झन १ वर्षको थियो । पाँच छोरी र एक छोराका बाबु शुक्रराज साउदीको वाडर इब्राहिम अल हार्जीमा लेवर काम गर्नुहुन्थ्यो । १८४८८६३ नम्बरको पासपोर्ट बाहक तामाङ मरे बाँचेको टुङ्गो नलागेपछि पाँचै जना छोरी र एउटा छोरोे बाबुको खोजिमा निस्किनु भएको छ ।
जेठी छोरी मनमाया तामाङले भन्नुभयो – सानोे छँदा ख्याल भएन । जब जिम्मेवारी थपियो । त्यसपछि बाबुको खोजिमा लागेका छौं । मिडिया,प्रशासन, प्रहरी सबैतिर हार गुहार गरिसक्यौं । तर,हाम्रो कार्य क्षेत्र होइन भनेर निरासाजनक जवाफ पायौं । कान्छी छोरी सोममायालाई नै बाबुको अनुहार धुमिल सम्झना छ । बाबुको एउटा फोटोे, नागरिकताको सक्कल प्रमाणपत्र र गन्तब्यको अन्तिम विवरण उल्लेख भएको कागज बोकेर उहाँहरू दैनिक जसो बैदेशिक रोजगारका कार्यालय, मिडिया र युट्युवका कार्यालय धाइरहनु भएको छ।
बैदेशिक रोजगारमा गएर बेपत्ता भएका एवम् समस्यामा परेका ब्यक्तिहरूलाई सहयोग गर्नका लागि स्थापना भएको संस्था पिपुल फोरमका संयोजक सोम लुइटेलले बैदेशिक रोजगारमा लैजाने कम्पनी र काम गरिरहेको संस्थाको विस्तृत विवरण भए त्यस्ता कामदारको अवस्था बुझ्न सकिने बताउनु भयो । गएको बेला हाल एउटै कम्पनीमा काम गरिरहेको नहुन सक्छ । त्यसैले साउदी दुतावासमा पासपोर्ट नम्बर सहित निवेदन दिन उहाँले सुझाउनु भयो ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : ११:५६:२१ , १ वर्ष अगाडि