काठमाडौं,१२ माघ। प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । नयाँ सभामुख निर्वाचित गर्न आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखका लागि सापकोटाको एकल उमेदवारी भएकाले प्रतिनिधि सभा नियमावली २०७५ को ७ ९३० बमोजिम सापकोटा निर्विरोध निवार्वाचित भएको घोषणा गर्नुभयो ।

बैठकको शुरूमा सभामुखका रुपमा अग्नी सापकोटाको प्रस्तावक सुवासचन्द्र नेम्वाङले प्रस्ताव पेश गर्नुभएको थियो । त्यसपछि अग्नी सापकोटाका समर्थक देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गर्नुभएको थियो ।

सभामुख पद रिक्त रहेको बेला ज्येष्ठताका आधारमा प्रतिनिधि सभाको अध्यक्षताको जिम्मेवारी निर्वाह गर्न पाएकोमा ठाकुरले धन्यवाद व्यक्त गर्नुभयो । बैठकको अध्यक्षता ज्येष्ठ सदस्यका रूपमा महन्थ ठाकुरले गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार दिनको १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.