प्रदेश १ का सांसद राईको सांसदकोषबाट २ करोड ५० लाख विनियोजन कहाँ काहाँ कुन कुन कार्यक्रम परे ?

Enepal Patra Pvt. Ltd. , ५३३  पटक हेरिएको

राजकुमारी तामाङ

प्रदेश नम्बर १ क्षेत्र नम्बर ३ “क” का सांसद सुयर्माराज राईको सांसदकोषबाट कुल २ करोड ५० लाख बजेट विनियोजन भएको छ । सो रकमबाट आफनो क्षेत्रमा पुर्वाधार विकासका कार्यक्रम देखि जनचेतना फैलाउने सम्म कार्यक्रम समावेश गरिएको छ । सो कार्यक्रमको बारेमा उँहाले सामाजिक संजाल मार्फत सुचना जारी गर्दै बताउनुभएको छ ।
सुचनामा यस्तो लेखिएको छ ।
निर्वाचन क्षेत्र मोरङ ३ र १ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम
कूल बजेट रु २ करोड ५० लाख
१.बेलबारी १० स्थित महाकाल शिवालय धार्मिक पर्यटकीय क्षेत्र पूर्वाधार विकासका लागि भौतिक संरचना निर्माण रु।१० लाख ।
२.बेलबारी १० स्थित विहिवारेदेखि माटिगाउसम्म जाने बाटोको अधुरो एजिङ निर्माण रु। १० लाख ।
३.बेलबारी ८ को राईझार, शान्तिटोल, यज्ञ ढकालको घरहुँदै रणपाल स्कुलसम्मको बाटो स्तरोन्नति रु।१० लाख । ४।बेलबारी ८ को सुकुनास्थित सुकुना सिमसार एवम् सिंहदेवी देवालय धार्मिक पर्यटन विकास एवम् संरक्षणका लागि भौतिक संरचना निर्माण रु। १५ लाख ।
५. कानेपोखरी ४ को सूर्योदय आभारभूत विद्यालय पूर्वबाट प्रेमबहादुर कार्कीको घरदेखि दक्षिण त्रिवेणी चौकसम्मको बाटो स्तरोन्नति रु। १५ लाख।
६.कानेपोखरी ४ स्थित वयरवन बजारस्थित जनता आधारभूत विद्यालयको अधुरो घेराबारा तथा पूर्वाधार निर्माण रु। १० लाख । ७।कानेपोखरी ५ को घलेटोल, चालीसबिघेहुँदै केरौन सामुदायिक वन उत्तरको मूलबाटोसम्मको सडक स्तरोन्नति रु ।१० लाख ।
८.कानेपोखरी ५ को धिमालटोल ग्रामथान दक्षिण जीवन चौधरीको घरहुदै चौबाटो, छकमल टोल हुँदै २ न। वडाको सिमानासम्मको बाटो सडक स्तरोन्नति रु। १३ लाख ।
९. कानेपोखरी ६ को मचिन्द्र दहिझिंगे पैनी, पच्चीसबिघे मुहान संरक्षणका लागि भौतिक संरचना निर्माण रु ।१० लाख ।
१०. पथरीशनिस्चरे १ को नर्वदेश्वर महादेव मन्दिरको अधुरो सामुदायिक भवन निर्माण रु। १० लाख।
११.पथरीशनिस्चरे १ को सुनाखरी स्कुलबाट किरातेश्वर मन्दिरहुँदै भूपू सैनिक स्कुलसम्म जानेबाटोको ड्रेन निर्माण तथा बाटो स्तरोन्नति रु। १५ लाख।
१२.पथरीशनिश्चरे २ को चौतारी बहुउद्देश्यीय कृषि समूहको भौतिक पूर्वाधार निर्माण रु। १० लाख।
१३.पथरीशनिस्चरे २ को पूर्व सुनझोडा खोलादेखि पश्चिम नारायण चौकसम्मको बाटो स्तरोन्नति रु १५ लाख।
१४. पथरीशनिस्चरे ३ को जनता माविदेखि रविचौक जोड्ने सडकसम्मको स्तरोन्नति रु १० लाख ।
१५.पथरीशनिस्चरे ९ को आनन्द लिम्बूको मिल उत्तरबाट पश्चिम धिमाल टोल जाने बाटोमा कल्भर्ट निर्माण रु। १० लाख ।
१६.पथरीशनिस्चरे ४ को गुरागाइको घरबाट शान्तिचोक , पोखरेलको घर दक्षिण वर्गचोक र सन्देशचोक सम्मको बाटो स्तरोन्नति रु। २० लाख।
१७.पथरीशनिस्चरे १० को शिवालय मन्दिर, संगमचोकहुँदै वडा न। ९ को सिमानासम्मको सडकको कालोपत्रे९ पक्की सडक ० निर्माण रु ५२ लाख।
यसैगरी प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम
अन्तर्गत रु ५० लाखबाट
तपशील बमोजिमको योजनामा बजेट विनियोजन गरिएको छ ।
१. कानेपोखरी ५ भौसाबारीस्थित रमाइलो बहुमुखी क्याम्पसमा आई सि टी कार्यक्रमका लागि रु  १० लाख ।
२. कानेपोखरी ५ स्थित साफिलाल टोलस्थित श्री राजशक्ती महाराज ग्रामथानको पर्खाल र कानेपोखरी ५, बहत्तरस्थित अधुरो शिवमन्दिर निर्माणका लागि रु। ९३ं२० । ५ लाख।
३.कानेपोखरी ७ वरगाछी हरि कोइरालाको घर उत्तरबाट घलेटोलसम्म जोड्ने बाटोको स्तरोन्नति रु ५ लाख ५० हजार ।
४.कानेपोखरी ६ को दहिधापस्थित शिवालयमा खानेपानी ट्यांकी निर्माण तथा कानेपोखरी ६ रमाइलोस्थित शान्ति चर्चको मर्मत सम्भारका लागि रु ९३ं२०। ५ लाख।
५.बेलबारी १० भाउन्नेस्थित डांगिहाट सार्वजनिक सभाहलको स्तरोन्नतिका लागि रु ५ लाख ।
६.कानेपोखरी ७ चालीसबिघेस्थित साकेला थानको घेराबारा, कानेपोखरी ५ जहदा डुमरीघाटस्थित सारोन वाप्टिस्ट चर्चको भवन निर्माण ,कानेपोखरी ५ को शान्तिचोक , बासबारीस्थित शिवसंसारी मन्दिरको भौतिक निर्माण र पथरीशनिश्चरे ८ स्थित इसाई प्रभुको मण्डलीको भौतिक निर्माणका लागि रु ९३ं२ं१।२५ं२०। ८।२५ लाख।
७.पथरीशनिस्चरे १ स्थित रिदम एफएममा आर। जे। सम्बन्धि तालिमका लागि रु १ लाख ।
८.पथरीशनिस्चरे ३ सेवारोचोकस्थित दलित महिला उत्थान समाजलाई दलित महिला उत्थान एवम् सशक्तीकरण कार्यक्रम संचालनका लागि रु १ लाख।
९.हाम्रो युवा समाज किर्तीपुरलाई महिला तथा किशोरी स्वास्थ्य एवम् सामाजिक जनचेतना तथा सशक्तीकरण कार्यक्रम संचालनका लागि रु । २ लाख ।
१०.पथरीशनिस्चरे नपामा संचालन गर्नेगरी सगरमाथा सामुदायिक विकास केन्द्रलाई महिला , दलित , किशोरीको सशक्तीकरण र अभिमुखिकरणका लागि सामाजिक एवम् जनस्वास्थ्यसम्बन्धि कार्यक्रम संचालनका लागि रु ६ लाख ।
नोट: उपरोक्त बजेटमा नियमानुसारको कट्टी हुने रकम कट्टा गरि जिससले सम्बन्धित स्थानीय तहमा पठाउनेहुदा कुल रकममा केही फरक पनि पर्न सक्नेछ।।।

प्रकाशित मिति: २०१९-१२-१९ , समय : १६:११:०८ , ४ वर्ष अगाडि