उधौली पर्व मनाईयो

Enepal Patra Pvt. Ltd. , ९०८  पटक हेरिएको

प्रशान्त निरौला
लेटाङ २८ मंसिर । लेटाङ ९ धार्मिक चौकमा स्वर्गिय वमवहादुर निङलेखु ९लिम्बु०को नाममा उहाँका परिवारले वनाएको मञ्च उद्घाटन कार्यक्रम संगै विभिन्न जातजातीहरुका सांस्कृतिक नृत्यहरु देखाएर आज उधौली पूजा गरिएको छ ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरप्रमुख राईले मंच संगै वनाईएको स्व‍ निङलेखुको प्रतिमामा फुल चढाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा वोल्दै नगरप्रमुख राईले उधौली पर्व नेपालीहरुले मनाउने विशेष चाड रहेको बताउनुभयो । नेपालका विभिन्न जातजातिहरु आफुले लगाएका वालीनाली थन्क्याउने वेलामा भगवानलाई चढाएर मात्र आफुले खाने चलनलाई उधौली पर्व भनिने उहाँको भनाई थियो । नेपालका अधिकांस जातजातिले यो पर्व मनाए पनि लिम्बु राईहरुले यस पर्वलाई विशेष रुपमा मनाउने गरेकाले यो पर्व राई लिम्बुका लागि महत्व हुने उहाँको भनाई छ ।

लिम्बुहरुको सांस्कृतिक थलोको रुपमा विकास भईरहेको उक्त ठाँउमा भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले सहयोग गर्ने उहाँले बचन दिनुभयो । उहाँले सो ठाँउलाई धार्मिक पर्यटन क्षेत्र वनाउन नगरका तर्फवाट आफुले सहयोग गर्ने र माथिल्लो तहमा पनि यसका लागि सिफारिस गर्ने वताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष कृष्ण लुईटेलले थोरै वजेटले चाहेको जस्तो विकास गर्न कठिन रहेको वताउदै पर्याप्त वजेट प्राप्त भएमा यो क्षेत्रलाई नमुना धार्मिक पर्यटकिय क्षेत्र वनाउन सकिने वताउनुभयो । आफु लिम्बु जातिहरु संगै हुर्केको भएकाले यसका संस्कृतिहरु संग परिचित रहेको वताउदै उहाँले वडाको तर्फवाट जस्तोसुकै सहयोग गर्न आफु तयार रहेको भनाई राख्नुभयो ।

कार्यक्रममा सो क्षेत्रलाई पर्यटकिय ठाँउ वनाउनका लागि वनेको समितिका अध्यक्ष सोमनाथ निरौलाले मेयर राईलाई ज्ञापन पत्र बुझाउनुभयो ।
कार्यक्रममा राई लिम्बु मगर जातिका सांस्कृतिक नाचहरु समेत देखाईएको थियो ।

प्रकाशित मिति: २०१९-१२-१५ , समय : १४:४३:३६ , ४ वर्ष अगाडि