मानव मस्तिष्कमा यसै वर्ष कम्प्युटर चिप राखिने

Enepal Patra Pvt. Ltd. , १०६७  पटक हेरिएको

काठमाडौं, २१ माघ । स्पेसएक्स, टेस्लाजस्ता कम्पनीका मालिक एलन मस्कले अबको एक वर्षभित्र मानिसको दिमागमा राखिने कम्प्युटर चिप तयार पारिने र प्रत्यारोपण बताएका छन् । यसको अर्थ चिपमार्फत अब व्यक्तिको दिमाग सोझै कम्प्युटरसँग जोडिनेछ ।

एलन मस्कले सन् २०१६ मा न्युरोलिङ्क कम्पनीको स्थापना गरेका थिए । जो अल्ट्रा हाइ ब्रेन मसिन इन्टरफेस तयार पार्ने कार्यमा जुटेको छ ।

जो रोगनको पोडकास्ट शोमा एलन मस्कले मानिसको दिमागमा चिप लगाउने काम एउटा रोबोटले गर्नेछ । उनका अनुसार यो प्रविधि करिब २५ वर्षमा पूर्ण ब्रेन इन्टरफेसको रुपमा समेत तयार हुन सक्नेछ ।

आर्टिफिसियल इन्टेलिजेन्स मानिसहरुमाथि हावी हुन नदिन मानिसहरुको दिमागलाई कम्प्युटरसँग जोड्न आवश्यक रहेको एलन मस्कको विश्वास छ । मस्कले मानव मस्तिष्कबाट एउटा टुक्रा निकालिनेछ ।

रोबोटको माध्यमबाट इलेक्ट्रोड्स दिमागभित्र राखिनेछ र प्वालमा डिभाइस राखिनेछ । मस्कले यसबाट दिमागको माथिल्लो भागमा सानो दाग रहनेछ ।

न्युरोलिङ्क एउटा यस्तो ‘थ्रेड’ (धागो) तयार पार्ने कार्यमा जुटेको छ, जुन मानिसको कपालको दशौं भाग मसिनो हुनेछ । यो धागोले मानिसको ब्रेन इन्जुरी (दिमागी चोट) को उपचार गर्ने काम गर्नेछ ।

मस्कका अनुसार अहिलेसम्म यो प्रविधिको परीक्षण मानिसमाथि गरिएको छैन । तर अबको एक वर्षभित्र यसलाई मानिसको दिमागमा लगाउन सकिनेछ ।

उनले एउटा बाँदरको टाउकोमा वायरलेस इम्प्लान्ट गरिसकिएको बताए । यसको माध्यमबाट बाँदर आफ्नो दिमागको प्रयोग गरेर भिडियो गेम खेल्न सक्छ । मस्कको भनाइ अनुसार दिमागभित्र लगाइने डिभाइसको मोटाइ एक इन्चको हुनेछ ।

दिमागमा बाह्य वस्तु राख्दा हुनसक्ने जोखिमको विषयमा गरिएको प्रश्नमा मस्कले यो डिभाइस अस्वीकार हुने खतरा निकै कम हुने जवाफ दिएका थिए ।

प्रकाशित मिति: २०२१-०२-०३ , समय : २१:४४:४२ , ३ वर्ष अगाडि