छ महिनादेखि चिया निर्यातमा अनुदान रोकियो

– सबै प्रक्रिया पुर्याएर आउन राष्ट्र बैंकको सुझाव

सरस्वती ढकाल , ३९४  पटक हेरिएको

चिया निर्यातकर्ताहरूले चालू आर्थिक वर्ष ९२०७७/७८० को सुरुवातदेखि नै निर्यातमा पाउने नगद अनुदान पाउन सकेका छैनन् । निर्यातकर्ताले कूल निर्यातको पाँच प्रतिशत रकम पाउने व्यवस्था भए पनि गएको ६ महिनादेखि नेपाल राष्ट्र बैंकबाट रकम निकासा नहुँदा यो सुविधा दिएका छैनन् । चिया उत्पादन तथा निर्यातलाई प्रोत्साहन गर्न सरकारले ५ प्रतिशत नगद अनुदान ९क्यास इन्सेन्टिभ०को नीतिगत व्यवस्था गरेको छ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश अग्रवालले चालू वर्षको सुरुदेखि नै रकम निकासा नभएको बताए । उनका अनुसार चिया निर्यातकर्ताले निर्यात गरेको परिमाणको आधारमा उद्योग विभागको सिफारिसमा राष्ट्र बैंकले रकम निकासा गरी बैंकमार्फत भुक्तानी पाउने व्यवस्था छ । तर, चालू आर्थिक वर्षमा उद्योग विभागबाट सिफारिस भएर जाँदा पनि राष्ट्र बैंकबाट निकासा नहुनुले समग्र चिया क्षेत्रमा अन्योल थपिएको उनले बताए । तर, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले भने कागजात पुगेका सबै निकासीकर्तालाई अनुदान रकम उपलव्ध गराइरहेको जानकारी दिए । चिया निर्यात गर्ने निकासीकर्ताले विदेशी मुद्रा आर्जन गरेको कागजातदेखि अन्य आवश्यक प्रक्रिया पूरा गरेपछि अनुदान रकम पाउने उनको भनाइ छ । प्रवक्ता डा। भट्टले अहिले पनि प्रक्रिया पु¥याएर आउनेलाई राष्ट्र बैंकले निकासा दिएको बताएका छन् । कुनै निर्यातकर्ताको प्रक्रिया नपुगेको भए पु¥याएर आउन पनि उनले सुझाएका छन् ।
चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा २७ हजार ६ सय ८८ हेक्टरमा चियाखेती हुन्छ । यसअनुसार दुई करोड ४२ लाख किलो चिया उत्पादन हुन्छ । यसमध्ये एक करोड ८४ लाख किलो सिटीसी र ५८ लाख किलो अर्थोडक्स चिया उत्पादन हुन्छ । नेपालबाट वार्षिक २ अर्ब ४० करोड मूल्य बराबरको १३ हजार टन चिया निर्यात हुन्छ । तराईमा २७ वटा सिटीसी चिया प्रशोधन केन्द्र, पहाडी क्षेत्रमा २८ वटा मझौला तथा ठूलो अर्थोडक्स चिया प्रशोधन केन्द्र र ६५ वटा लघु प्रशोधन केन्द्र सञ्चालनमा छन् । चिया उद्योगमा ६० हजारले रोजगारी पाएका छन् । झापा, इलाम, पाँचथर, धनुकुटा, तेह्थुम, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङलगायत जिल्लामा चियाखेती गरिन्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका तालिम तथा सीप विकास समितिका सभापति हेमराज ढकाल राष्ट्र बैंकबाट रकम निकासा रोकिएको दावी गर्छन् । अघिल्लो कार्यकालमा महासंघको कृषि उद्यम केन्द्रमा रहेका ढकाल चियामा अनुदान रोकिँदा सरकारले अगाडि सारेको कृषि क्षेत्रको विकास सफल हुन नसक्ने बताउँछन् । अनुदानले धेरै उत्पादक तथा निर्यातकर्ताको मनोबल उच्च भए पनि चालू वर्षमा निराशा थपिएको उनी बताउँछन् । उनका अनुसार नेपाली चिया भारतलगायत तेस्रो मुलुकमा पनि निर्यात हुन्छ । सिटिसी चिया भने ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ ।
बोर्डले चिया निर्यातका सम्बन्धमा निर्देशिका जारी गरी यस क्षेत्रलाई थप प्रोत्साहन गर्न खोजेको देखिन्छ । प्याकेजिङ गरिएको चियाको लेबलमा उत्पादन, प्याकेजिङ मिति, उपभोग गर्ने अन्तिम मिति, चियाको प्रकार, ग्रेड, बगानस्थल, कारखाना स्थल, तौल र अधिकतम मूल्य प्रस्टसँग उल्लेख गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । यसैगरी प्याकेजिङ गरिएका चियामा आवश्यक छाप र लोगो प्रयोग गर्नुपूर्व गुणस्तर मापन गर्ने अधिकारीबाट निरीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ । खुद्रा व्यवसायीदेखि थोक व्यवसायीसम्मले चियाको गुणस्तर कायम राख्नुपर्ने व्यवस्था पनि निर्देशिकामार्फत गरिएको छ ।

(काराेवार डेल्ली वाट)

प्रकाशित मिति: २०२१-०२-०१ , समय : १२:०४:३३ , ३ वर्ष अगाडि