मिल मेसिनरी,रड, सिमेन्ट र सुनचाँदीका गहना बाहेक सबै सामान सडक मै

सटरमा ब्यापार गर्नेहरू विस्थापित हुँदै

enepalpatra , ४८२  पटक हेरिएको

गाडीमा पसल थापेर ग्राहक कुर्दै ब्यापारी

उर्लाबारी , १३ फागुन । साना गाडीमा माइक राखेर सामानको प्रचार गर्दै बिक्री गर्ने ब्यापारीले गर्दा हजारौं रुपियाँ घर भाडा तिरेर ब्यापार गर्ने ब्यापारीको पेशा अप्ठ्यारोमा पर्दै गएको छ ।
तरकारी होस वा फलफूल । भाडा वर्तन होस वा लुगा कपडा । दैनिक उपभोग्य सामान देखि फूलका बिरुवा ,गमला र पानी छान्ने फिल्टर सम्म घर–घरमा पु¥याएर बिक्री गर्न थालेपछि मासिक घर भाडा तिरेर ब्यापार गरिरहेका ब्यापारीहरूको ब्यापार खस्किन थालेको हो । आवश्यक सामान घरमै पुगेपछि उपभोक्ताहरू बजार सम्म पुग्दैनन ।
पछिल्लो समय साना गाडीमा माछा,अण्डा पार्न छोडेका लेयर्स कुखुरा,स्याउ,तरकारी,सावुन र सरफ,लुगा कपडा,प्लाष्टिकका झोला,आयुर्वेदिक औषधि,तन्ना, डसना, झुल ,सिरानीका खोल,प्लाष्टिकका कुर्सी लगायतका सामग्री सडक मै बिक्री हुन थालेको छन् । मोरङका गाउँ गाउँमा ब्यापारीहरूले रेकर्डिङ गरिएको विज्ञापन एकनासले ठूलो आवाजमा बजाएर ग्राहक आकर्षित गर्ने गरेका छन् । १०/१५ मिनेटसम्म सडक किनारमा एकनासले बिज्ञापन बजाएर ग्राहक बोलाउने अनि ब्यापार गर्ने र केही समय पछि चौक बदल्ने गरेका छन् ।
एउटै शहरका चौक चौकमा लगेर दैनिक आवश्यकताका सामान बेचिदिएपछि स्थायी रुपमा ब्यापार थापेर बसेका ब्यापारीहरू थला परेको उर्लाबारी उद्योग बाणिज्य सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीले बताउनु भयो । नगरका ग्रामीण क्षेत्रका तरकारी ब्यापारी झनै मारमा परेका छन् । उहाँले भन्नुभयो–‘डोकोमा तरकारी बोकेर ल्याउनेहरू एक मुठा तरकारी नबेचि घर फर्कन बाध्य छन् ।
मासिक १५ हजार रुपियाँ घरभाडा तिरेर ब्यापार गर्नेहरू घरभाडा तिर्न नसक्ने भएका छन् । उहाँले सडक ब्यापारीहरू न करको दायरामा आएका छन् । न सम्बन्धित निकायबाट ब्यापारको स्वीकृति लिएका छन् । यता घर बहाल कर,ब्याबसाय कर, तिरेर ब्यापार गर्नेहरू सडक ब्यापार हेरेर बस्न बाध्यछन् । माछा–माछा भन्दै एउटा गाडी आउँछ,एकछिन बिक्री गरेर हिडे लगत्तै स्याउ कागती भन्दै अर्को गाडी आउँछ । तरकारी,फलफूल देखि प्लाष्टिकका कुर्सी समेत सडक मै बिक्री हुन थालेपछि स्थानीय ब्यापारी उठन नसक्ने थला परेको पथरीका भाडाकुडाँ ब्यापारी खगेन्द्र भट्टराईले बताउनु भयो ।
शहरमा मात्र होइन, गाउँ गाउँमा विज्ञापन गर्दै गाडी लिएर हिड्नेले गाउँको ब्यापारमा समेत असर पार्न थालेका छन् । भारतबाट भन्सार छलेर क्यारियर मार्फत ल्याइएका सामान गुणस्तरहीन हुने उर्लाबारीका कपडा ब्यापारी हेमराज अग्रवालले बताउनु भयो । चोरबाटो बाट आउने ति सामान म्याद गुज्रेका,कमसल र ठूला पसलमा बिक्री नभएर सस्तो मूल्यमा नेपाल पठाएको अग्रवालको भनाई छ ।
मेसिनरी सामान,रड, सिमेन्ट र सुनचाँदीका गहना बाहेक सबै समान सडक मै बिक्री हुन थालेको कानेपोखरीका फलफूल ब्यापारी खगेश्वर भट्टराईले बताउनु भयो । उहाँले भन्ुुुभयो– कि सबैलाई करको दायरामा ल्याउनु प¥योे , होइन भने दिनरात नभनी सडकमा हुने ब्यापार बन्द हुनुप¥यो ।

 

प्रकाशित मिति: २०२३-०२-२५ , समय : ११:२७:३५ , १ वर्ष अगाडि