३५ बिगाहामा २६ करोड खर्चेर सामूहिक कृषि उद्यम

enepalpatra , ४५२  पटक हेरिएको

जयश्रीराम एग्रोले लगाएको ड्रयागन फ्रुटको खेती

हरिप्रसाद कोइराला
रङ्गेली (गोहीगाढा) १३ फागुन । मोरङको रङ्गेली नगरपालिका वडा नं.–१ गोहीगाढामा ९ जना किसानले ३५ बिगाहा जमीनमा सामूहिक कृषि फर्म सुरु गरेका छन् ।
२०७७ चैतमा जयश्रीराम एग्रो फार्म प्रालि दर्ता गरी सुरु गरिएको फार्ममा २६ करोड रुपियाँ लगानी भइसकेको छ ।जसमध्ये ३ करोड रुपियाँ पूर्वाधारमा खर्च गरेको छ । सञ्चालक टेकनाथ पौडेलका अनुसार कम्पनीले नै खरिद गरेको जमीनमा हालसम्म ६ विगाहाको माछापोखरी,३ बिगाहामा घाँस खेती, एक बिगाहामा पशुपंक्षी गोठ,४ बिगाहामा ड्रयागन खेती, एक बिगाहामा आँप,लिचि,कटहर, एभोकाडो लगायत फलफुल खेती र एक बिगाहामा हरियो सागसब्जी खेती लगाइएको छ । बाँकी २० बिगाहामा मौसम अनुसार धान, मकै,गहु, तोरी लगायतका बाली लगाउने गरिएकोे पौडेलले बताउनुु भयो । त्यति मात्र

होइन,गोठमा २२ वटा उन्नत जातका पाडी छन् ।५ सय बढी स्थानीय जातका खुकुरा र ७७ वटा स्थानीय जातका बाख्रा छन् ।
५ बर्षसम्म कुनै आम्दानीको अपेक्षा नगरिकन खेती सुरु गरिएपनि २०७८ बाट नै कुखुरा, बाख्रा र खेतीबाट आम्दानी सुरु भयो । तर, त्यो आम्दानीले कामदारलाई पारिश्रमिक , मल ,बीउ र सामान्य आन्तरिक खर्च मात्रै धानेको छ । १४ जना कामदारले रोजगार पाइरहेको जयश्रीराम एग्रो फार्मले माछा,ड्रयागन फ्रट र चैते धान खेतीमा अध्ययन गरिरहेको छ । सञ्चालक पौडेलले भन्नुुभयो–२०३५ सालमा भित्रिएका माछाका भुरा बाटै अहिलेसम्म नेपालको माछापालन चलिरहेको छ ।चीनबाट ल्याइएको त्यो जात मन्सुली धानको बीउ जस्तै भएको छ । उत्पादन खिएकोे खिएकै छ । त्यसैले हामी माछा, ड्रयागन र चैते धानकोे नस्ल सुधारका लागि अध्ययन गरिरहेका छौं ।
सरकारले समयमा मल र बीउ मात्र उपलब्ध गराए, कृषि उत्पादनमा बैदेशिक परनिर्भता घटाउन सकिने सञ्चालकहरूको भनाई छ । सञ्चालक पौडेलले भन्नुभयो – माटो सुधारमा समय लाग्ने रहेछ । विगतमा हाम्रो खेतीपाति गोबर मलमा निर्भर थियो । किसानले रासायनिक मल खोजि गर्दैन थिए । तर, नेपालमा रासायनिक मल भित्रिएपछि किसानको आकर्षण गोबरमल प्रति घट्यो । पछिल्लो २ दशक नेपालमा रासयनिक मलको प्रयोग अत्यधिक भयो । जसले गर्दा माटोेको उर्भरशक्ति क्षय भएको छ । सरकारले पहिले गोबरमल बिस्थापित गरायोे ,अहिले पर्याप्त रासयनिक मल दिन सक्दैन । कृषि उत्पादनको जड समस्या नै यही हो ।’
जिल्ला मै सबैभन्दा ठूलो क्षेत्रफलमा ब्यावसायिक खेती गरिरहेको एग्रो फर्मको अवलोकन गर्न आउनेको अचेल भीड लाग्न थालेको छ । देशमा पूँजी निर्माण गर्ने सबैभन्दा भरपर्दो उपाय कृषि उत्पादन हो भन्ने राज्यका सञ्चालकहरूलाई पनि थाहा छ ।तर, तीनै तहको सरकार प्रतिनिधिहरू आएर राम्रो गर्नुभयोे,मात्रै भनेर जान्छन् । पौडेलले भन्नुुभयो–कृषि उत्पादन वृद्धिका लागि माटो सुधार गर्न पाडा,बाख्रा र कुखुरा पालेका छौं । निरन्तर गोबर मल प्रयोग गरेर माटोको उर्भराशक्ति वृद्धि गर्नुपर्ने चुनौति छ । माटोमा सुधार ल्याएर ५ वर्षपछि कृषि उत्पादन दोब्बर गर्ने सञ्चालकहरूको लक्ष्य छ ।

प्रकाशित मिति: २०२३-०२-२५ , समय : ११:३८:५५ , १ वर्ष अगाडि