लिभरपुल र न्युकासल युनाईटेड बराबरीमा

Enepal Patra Pvt. Ltd. , ८३५  पटक हेरिएको

काठमाडौं, १६ पुस  । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई न्युकासल युनाईटेडले बराबरीमा रोकेको छ ।

गएराति न्युकासल युनाईटेडको मैदानमा भएको खेल गोलरहित बराबरीमा रोकिएको हो । यो बराबरीका बाबजुद लिभरपुल प्रिमियर लिग फुटबलको अंक तालिकामा शिर्ष स्थानमा यथावत छ ।

१६ खेलबाट उसको ३३ अंक छ । एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड ३० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

म्यान्चेस्टर युनाईटेडले भोलि राती एस्टन भिल्लासँग खेल्नेछ । प्रिमियर लिग फुटबलमा गएरातिका लागि तय भएको टोटनह्याम हट्सपर र फुल्हमबीचको खेल कोभिडका कारण पछि सारिएको छ ।

फुल्हमका केही खेलाडीमा नयाँ प्रजातिको कोरोना भाइरस देखिएपछि खेल रद्द गरिएको हो । यसअघि हिजो म्यान्चेस्टर सिटी र एभर्टनबीचको खेल पनि कोभिडकै कारण रोकिएको थियो ।

प्रकाशित मिति: २०२०-१२-३१ , समय : १०:५२:३५ , ३ वर्ष अगाडि