Raju maske , ८८५ पटक हेरिएको
बिराटनगर , २१ साउन । वर्तमान अवस्थामा नेपाल भूराजनीतिक चपेटामा परेको देखिन्छ । नेपालको राजनीतिक र आर्थिक संक्रमणकाल, बढ्दो घरे उपलको अवस्थामा विश्वासमा समेत असर पारेको देखिन्छ । नेपालले यस क्षेत्रका भूराजनीतिक चुनौतीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने एउटा प्रश्न उब्जिएको छ त्यो स्वाभाविक पनि हो, किनभने बिस २००३ सालदेखि सुरु भएको संविधान लेखनले ७०बर्ष भन्दा बढी अवधिमा मुलुकले सातवटा संविधानहरू आइसकेका छन् । त्यसयता कुनै पनि निर्वाचित प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गर्न सकेका छैनन्।
सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा गरिएको २०४६ सालको जनआन्दोलन सफल भएपछि २०४६ चैत २७ गते काठमाडौको खुल्लामञ्चको विशाल आमसभामा उहाले भन्नु भएको थियो कि जनआन्दोलन सफल भयो । राजनीतिक क्रान्ति भयो जनताको अधिकार प्राप्त भयो तर प्राप्त गरेको अधिकारको संरक्षण र संबर्द्धन गर्नको लागि आर्थिक कान्तिर सामाजिक कान्ति आवश्यक रहेको विचार राख्नु भएको थियो। सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा २०४६ सालको कान्ति सफल बनाएर सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा संविधान दिएको थियो। यस सन्दर्भमा नेपाली जनताले कम्तिमा पनि तीन प्रकारको अस्थिरता देख्नु पन्यो ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको गतिविधि दुई-दुई पटक गरिएको संविधान सभाको निर्वाचन, त्यसपश्चात २०७२ सालमा जारी भएको संविधानसभाबाट मस्यौदा बनेको नेपालको पछिल्लो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संविधानले केही प्रमुख राजनीतिक मुद्दाहरू त समाधान गरेको देखिन्छ, तर तत्कालिक नेकपाको सरकारको लगभग दुई तिहाई जनमतको नेतृत्व गरेको केपी ओलीको सरकारले दुई पल्ट संसद नै विघटन गरेर नेपाली जनताको मतलाई नै ध्वस्त बनाउने प्रपन्च गन्यो । यस्तो गतिविधिको कदमले के सन्देश दिन खोज्यो ? वधानको मूल मर्म अनुसार आर्थिक विकाससँग सम्बन्धित ठूला प्रश्नहरूलाई अफै सम्बोधन गर्न सकेको छैन ।
त्यसैगरी पुँजी निर्माणको सम्पूर्ण प्रक्रियालाई अर्थतन्त्र मात्र होइन पार्टी राजनीतिलाई पनि नियन्त्रण गर्ने साना वर्गका अगुवा र कुलीन वर्गद्वारा एकाधिकार गरिएको सस्कृतिको विकास भएको देखिन्छ । अहिले राजनीतिलाई सेवा भन्दा पनि मेवा खाने क्षेत्रको रूपमा बढी प्रयोग गरिएको देखिन्छ जसको परिणाम स्वरूप बाह्य कारकहरूले पनि घरेलु राजनीतिलाई आकार दिनमा ठूलो भूमिका खेलेका छन् मुख्यतया दुई ठूला छिमेकी राष्ट्रहरू भारत र चीनबीच देशको ‘स्थान’ र नेपालको अत्यधिक निर्भरताका कारण यो अवस्था आएको हो ।
विकास र अन्य गतिविधिका लागि बाहिरी विश्वले नेपाललाई अन्तर्राष्ट्रिय राजनीति र नीतिमा नेतृत्वमा संविधान जारी भयो । आफ्नै आवाज उठाउन नदिने अवस्था सिर्जना हुँदै- गइरहेको छ नेपालमा सफल राजनीतिक र आर्थिक संक्रमणको सन्दर्भलाई पुनका लागि नेपालको राजनीति, भूराजनीति, अर्थतन्त्र र अन्य कारकहरू बीचको अन्तरसम्बन्धलाई हामीहरू बन्न जरुरी छ।
हामीहरू जहिले राम्रो भन्दा हाम्रोलाई छनोट गर्ने जुन अभ्यास चलायो त्यसैको परिणामले देश अस्तव्यस्त भएको छ एउटा उदाहरणको लागि महाभारतको सम्झना आयो, महाभारतमा दुश्यन्तको छोरा दिग्विजय चक्रवर्ती महाराज भरतने हस्तिनापुर देशको उत्तराधिकारीको लागि आफ्नो नौवटा छोराहरूमा देश सञ्चालन गर्न युवराज बन्न कुनै पनि योग्यता देखेनन् । देशको प्रजा पनि मेरो सन्तान हो भन्ने भावनाको साथ भारतद्वाज उपमन्युलाई आफ्नो उत्तराधिकारी बनाएर त्यस बेला लोकतन्त्रको विजारोपण गरेका थिए
तर नेपालमा हामीले कसरी राज्य सञ्चालन गर्नको लागि नेतृत्व तयार गर्दैछौ त ? मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना के उद्देश्यको लागि गरेका थियौ त्यो उद्देश्य हामीले विर्सेको होइन होला ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको छविलाई लोकतन्त्र बीचको संघर्ष अत्यन्त गम्भीर र नयाँ हानी मात्र नभई राजनीतिक प्रणालीमा जनताको मोडमा पुगेको थियो दश वर्षदेखि जारी सशस्त्र इन्द्रको अग्रगामी राजनीतिक निकासद्वारा समाधान गर्दै शान्ति स्थापना भयो यसका लागि निरकुश राजतन्त्रको अन्त्य गरियो । पूर्ण लोकतन्त्र स्थापना गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रका वर्गीय, जातीय, लैगिक क्षेत्रीय आदि समस्याहरूको समाधान गर्न राज्यको अग्रगामी पुनसंरचना गर्ने कार्य शुरूवात भयो। पूर्ण लोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्न तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सात राजनीतिक दल र नेकपा माओवादीबीच १२ बुँदे सहमति गरियो । फलस्वरूप संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल २०७२ को संविधान तत्कालीन नेपाली कांग्रेसको सभापति सुशील कोइरालाको
जननायक बीपी कोइरालाको भावना थियो एउटा दलित मजदुरलाई मालिक बनाउँछु भन्नु भएको थियो तर आजको अवस्थामा नेताहरू सामाजिक उत्तरदायित्वदेखि टाढा भएको आभाष हुन जान्छ ।
अहिले कतै नेता ने मालिक भएन ? यसकारण जनताले सोचे अनुसार गरिब मजदुरलाई मालिक बनाउनु पन्यो । काग्रेसका संस्थापक नताहरू बीपी कोइराला गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराईलगायतको भावना अनुसार जनताको समस्या समाधानको लागि काग्रेस साथी बन्नु पर्ने देखिन्छ ।
जसरी महाभारतमा भरतले आफ्नो नौ छोरालाई राज्य सञ्चालनका लागि योग्य नदेखी जनताको सन्तान भारद्वाज उपमन्युलाई आफ्नो उत्तराधिकारी बनाएका थिए। ठिक त्यसैगरी देशलाई संविधानसम्मत व्यवस्थित तरिकाले सामाजिक उत्तरदायित्व बहन गर्नु सक्ने पार्टीको सिद्धान्त (आदर्श, मूल्य, मान्यतालाई जनमानससम्म सम्बन्ध स्थापित गर्न सक्ने, विभिन्न कालखण्डमा कुशल भूमिका निर्वाह गरेका व्यक्तित्वलाई अगाडि बढाउनु पर्ने टड्कारो आवश्यकता देखिएको छ ।
आसन्न प्रतिनिधि सभा २ प्रदेशसभाको दोस्रो जनआन्दोलनको परिणाम स्वरूप नेपालमा निर्वाचनमा कांग्रेसको मूल्य, मान्यतालाई ध्यान जय नेपाल। अन्तरदलीय इन्द्रले ओझेलमा पारेको देखिन्छ। जसले लामो समयदेखि चल्दै आएको निरंकुश राजतन्त्र र दिएर नेपाली काग्रेसको संगठनलाई संस्थागत रूपमा
आर्थिक रूपान्तरण सम्बन्धी मुद्दाहरू पार्टीभित्र र व्यवस्थापन गरी चुनावमा होमिनु पर्ने देखिन्छ । यस निर्वाचनलाई अवसर र चुनौति दुइटै रूपमा लिई नवीन सोचका साथ लाग्नु पर्ने देखिन्छ । लोकतन्त्रको संरक्षण, राजनीतिक स्थायित्व, संविधान कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्धलगायत विषयमा न्यूनतम् साझा धारणाको अवलम्बनको नीति तथा कार्यक्रमको लागि निर्वाचनमा सक्रिय सहभागी बन्नु पर्ने आजको आवश्यकता छ।
प्रकाशित मिति: २०२२-०८-०६ , समय : १३:१९:१८ , २ वर्ष अगाडि