नेपाल महिला संघको ७६औ स्थापना दिवस :  महिलाहरूको भुमिका

राजु मास्के , १५३६  पटक हेरिएको

बिराटनगर , २४ साउन । आज मिती २०७९ साल साउन २४ गते  नेपाली काग्रेसको भातृसंस्था नेपालको  राजनीतिमा  पहिलो महिला अधिकारवादी संस्था तथा राजनीतिक संगठन  सम्पूर्ण महिलाहरूले गौरव गर्ने संस्था  नेपाल महिला संघको  स्थापना भएको दिन ।

महिला नेता  मंगलादेवी सिंहको सक्रियतामा भूमिगत रुपमा महिलाहरूको भेला भई  चिनियालाल श्रेष्ठको घरमा मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको तदर्थ कार्यसमिति गठन  भए पछि नेपालको राजनीतिमा नेपाली महिलाहरुको प्रवेशलाई  नेपालको  आधुनिक युगको आधारस्तम्भको रूपमा बुझ्न सकिन्छ ।नेपालमा महिला अधिकार तथा महिलावादमा केन्द्रित राजनीतिक संगठन स्थापना गरि लोकतान्त्रिक राज्य व्यवस्थामा मूल्य मान्यता पद्धतिको स्थापनाको उदेश्य भए पछि वि•स• २००७ साल राणा विरोधी आन्दोलन  , २०३६ सालको जनमतसंग्रह  , २०४६ सालको जनआन्दोलन भाग:- १  र २०६२/ ०६३ सालको जनआन्दोलन भाग:-२

 यस्ता विभिन्न राजनीतिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरी  ऐतिहासिक गौरवशाली जिम्मेवारीको भुमिका निर्वाह गरेको अविस्मरणीय दिन । तत्कालिक समयमा नेपाल महिला संघले खेलेको भुमिकालाई अझ बढी सशक्त तरिका महिला संघलाई अगाडी बढाउनु पर्ने आजको आवश्यकता छ। किनभने त्यस समयको नेतृत्वको बलमा हामीले विभिन्न समयमा भएको संसदमा महिला प्रतिनिधि तेसै हासिल भएको होईन ।

यहाॅहरू समक्ष त्यस बेलाको महिला नेताहरूले गरेको   नेपाल महिला संघको भुमिकाको योगदानलाई वर्तमान महिलाहरूले गौरव गर्नु पर्छ  किनभने    २००७ सालको राणा विरोधी आन्दोलनको सफल क्रान्ति पछि   नेपाली कांग्रेसले २०१५ साल फागुन ७ गतेको प्रथम आमनिर्वाचनमा भाग लिए पछि जम्मा  १०९ सिटमा ७४  सासदं सिट प्राप्त गरेको थियो ।

त्यसबेला कुलमतदाता ४२ लाख ४६ हजार ३६८

खसेको मत १७ लाख ९१ हजार ३८१ (४२•१८%)

२०७४ सालको आम निर्वाचनमा १६५ सिटमा २३ सिट प्राप्त गरेको

कुल मतदाता १ करोड ५४ लाख २७ हजार ७ सय ३१

खसेको मत १ करोड ५ लाख ८७ हजार ५ सय २१ (६८.६३%)

त्यसकारण (२०७४ सालमा खसेको मत  ६८.६३ % –  २०१५ सालमा खसेको मत  ४२.१८ % )

 २६.४५% जम्मा मत

कहा गयो ? यसको खोजी नेपाल महिला संघले  खोजी गर्नु पर्ने देखिन्छ!

 हाम्रो ब्यवहार गलत थियो कि महिला संघ तथा नेपाली कांग्रेस  पाटी विधान सम्मत चलेन कि  सिद्धान्त गलत थियो कि अनि हामीले संस्कार राम्रो दिन सकेन कि

पत्ता लगाउनु पर्छ।

त्यस बेला नेपालमा साक्षरता निकै कम भएको बेला नेपालमा पहिलो पल्ट वि•स• २०१५ सालको आम निर्वाचनमा नेपाल महिला संघको संस्थापक अध्यक्ष स्व मंगलादेवि सिंहले  महिलाहरूको मताधिकारको प्रयोग हुन पाउनु पर्छ भनेर आवाज उठाए वापत नेपालको संविधानले प्रदानगरेको विभिन्न समयको  परिस्थितिमा भएको प्रतिनिधी सभाको निर्वाचनमा

निर्वाचित महिला प्रतिनिधित्वको संख्या प्रतिशतमा

२०१५ सालको आमनिर्मावाचनमा  :-  ०•९२%

२०४८ सालको आमनिर्मावाचनमा:- ३.४१%

२०५१ सालको आमनिर्मावाचनमा:- ३.४१%

२०५६ सालको आमनिर्मावाचनमा:- ५•७३%

२०६४ सालको आमनिर्मावाचनमा:- २९%

२०७० सालको आमनिर्मावाचनमा:- ३३%

२०७४  साल को आमनिर्मावाचनमा:- ३३% महिला प्रतिनिधित्व थियो ।

नेपाल महिला संघले विगतदेखि नै निरन्तर रूपमा सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा पिछडिएका वर्गको बहुआयामिक हकहितको संरक्षण र संवद्र्धन गर्दै  लोकतान्त्रिक गणतन्त्र तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्याय पूर्ण गतिशील, स्वतन्त्र र समतामूलक समाज सृजना गर्ने उद्देश्यका साथ  महिलाको समान सहभागिता र निर्णायक भूमिकाको लागी हरेक आन्दोलनमा अग्रस्थानमा रहेको देखिन्छ ।

नेपालमा कूल जनसंख्याको आधाभन्दा बढी ५१.५ प्रतिशत हिस्सा ओगोटेका महिला राज्यका हरेक पक्षमा पिछडिएका छन्।  नेपालमा महिलाको साक्षरता प्रतिशत ६५.९ प्रतिशत मात्र छ । तर पनि अझै  राज्यका हरेक निकायमा महिलाको समानुपातिक एवं समावेशी प्रतिनिधित्व अझै हुन सकेको छैन।

विश्वका धेरै मुलकमा जस्तै नेपालमा पनि महिला र पुरुषबीच ठूलो विभेद तथा असमानताको खाडल छ। यहाका सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिकलगायतका क्षेत्रमा पुरुषको तुलनामा महिलाको पहुच न्यून छ।

किनभने शिक्षा, स्वास्थ्य, रोजगार आदिको क्षेत्रमा पुरुषको तुलनामा महिला पछाडि भएको हुँदा  महिलाको आर्थिक स्थिति पनि राम्रो छैन। त्यसैले उनीहरूको सबलीकरण र सशक्तीकरण गर्दै आत्मनिर्भर हुने खालका कार्यक्रम देशभरि सञ्चालन गर्न आत्मनिर्भर आत्मविश्वास बढाउन र समग्र देशको विकास गर्नका लागि शिक्षाको आवश्यकता पर्छ। त्यसका लागि महिला स्वयंको उपस्थिति पहिलो सर्त हुनुपर्छ। संरचनात्मक असमानता हटाउन, आर्थिक भूमिका राजनीतिक नेतृत्व एवं हिंसा रहित जीवनका लागि महिलामुखी नीति एवं प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ। महिला विकासको लक्ष्यलाई राज्यको मुख्य दायित्वमा समावेश गरेर मात्र विश्व प्रतिस्पर्धामा सँगै हिँड्न  सकिन्छ  त्यसको लागी नेपाल महिला संघले त्यस्ता  भावी योजना थुपै उठाउन सक्छ जसमध्ये सम्पत्तिमा महिलाको पहुँच (२०६८ को जनगणनाअनुसार जम्मा (१९ प्रतिशत महिलाका नाउँमा सम्पत्ति) मात्र छ, त्यसको तुलना भन्दा बढाउनु पर्छ ।

आमाको नाउँबाट नागरिकतामा समान अधिकार कार्यान्वयनमा ध्यान पर्छ ।

राज्यको हरेक निकायमा महिला सहभागिता, सुनिश्चितता कार्यान्वयनको पहलको आवश्यकता

आसन, शासन र भाषणमा महिलाको समान सहभागिता गराउने  विषयको बुदामा ध्यान दिनु पर्छ ।

 नेपाल महिला संघको स्थापना २००४ साल साउन २४ गतेको भएको हुदाॅ सो स्थापनाको  वातावरणमा अग्रणी भुमिका खेलेका महिला नेताहरु नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिह , दिव्यादेवी कोइराला , योगमाया देवी न्यौपाने, चन्द्रकान्ता, लक्ष्मीदेवी, तुलजा शर्मा, द्वारिकादेवी चन्द ठकुरानी ,  नोना कोइराला, नलिनी उपाध्याय, इन्दीरा आचार्य, विजया लक्ष्मी लगायत महिलाहरुको योगदानको सम्मान गर्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको ७६औं स्थापना दिवसको अवसरमा  विभिन्न तहमा जिम्मेवारी समाल्नुहुने सम्पूर्णमा  हार्दिक शुभ कामना व्यक्त गर्दछु

 साथै यो अवसरमा नेपाल महिला संघको सँस्थापक अध्यक्ष स्व•  मंगलादेवी सिंह दिव्यादेवी कोइराला , योगमाया देवी न्यौपाने, चन्द्रकान्ता, लक्ष्मीदेवी, तुलजा शर्मा, द्वारिकादेवी चन्द ठकुरानी ,  नोना कोइराला, नलिनी उपाध्याय, इन्दीरा आचार्य, विजया लक्ष्मी लगायतको स्मरण गर्दै वहाॅ  प्रति भावपूर्ण श्रद्धांसुमन अर्पण गर्दछु ।

प्रकाशित मिति: २०२२-०८-०९ , समय : १०:४७:४२ , २ वर्ष अगाडि