मितेरी च्यालेन्ज कप फुटबल हुने

Enepal Patra Pvt. Ltd. , ८८५  पटक हेरिएको

माेरङ,९ पुस ।मितेरी युवा क्लब कानेपाेखरी ७ ले स्थानीय जनकल्याण माविकाे खेल मैदानमा मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगिता आयाेजना गर्ने भएको छ ।

क्लबले आज पत्रकार सम्मेलन गर्दै खेलका विषयमा जानकारी गराएकाे हाे । माघ १० गते देखि २५ गते सम्म हुने प्रतियोगितामा प्रदेश नं. १का १६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताकाे विजेता र उप विजेतालाई क्रमश ५१ हजार र ३१ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।यस्तै विभिन्न ६ इभेन्टका लागि ५/५ हजार नगद सहित पुरस् दिइने छ । कुल ४ लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई मेन अफ द म्याच घाेषित गरि २ हजार रुपैयाँ नगद सहित ट्रफि दिइने छ प्रतियोगिताको पुरस्कार राशि मात्र १ लाख ५२ हजार रहेको क्लबका अध्यक्ष अमृत चेम्जोङले बताउनु भयाे ।प्रतियोगितालाई मुख्य रुपमा स्थानीय युवा देवनन्द गुरुङले सहयोग गर्ने हुनु भएको छ ।

प्रकाशित मिति: २०२०-१२-२४ , समय : १०:४६:०९ , ३ वर्ष अगाडि