क्रिकेटः लगातारको दोस्रो हार पछि नेपाल आज पुनः नामिबियासँग भिडदैँ

enepalpatra , ८  पटक हेरिएको

काठमाडौं, ११ साउन । लगातार दुई खेल हारेको नेपाल आज नामिबियासँग खेल्दैछ ।

आइसिसी पुरुष विश्वकप लिग २ मा दुइ खेलमा पराजय भोगेको नेपालले आज नामिबियाको सामना गर्न लागेको हो।

 

नेदरल्यान्ड्समा आज हुने हुने खेलमा नेपालले नामबियासँग नेपाली समयअनुसार दिउसो २ः४५ बजेबाट खेल्न सुरू गर्नेछ ।

 

नेपाल पछिल्लो खेलमा पनि नामिबियासँग ८ विकेटले पराजित भएको थियो भने सो अघि नेदरल्यान्ड्ससँग पनि नेपाल ६ विकेटले पराजित भएर लगातार दोस्रो हार भोगिसकेको छ। पछिल्लो पटक नेपालले ब्याटिङ र बलिङ दुवै कमजोर गरेको आलोचकहरूले जनाएका छन।

 

३० खेलमा २४ अंक जोडेको नेपाल पाचौं स्थानमा छ भने  समान खेलबाट समान अंकसहित नामिबिया एककदम अर्थात छैटौं स्थानमा छ। सोही समुहमा रहेको अमेरिकाले ३२ खेलवाट ४३ अंकसहित ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ ।

प्रकाशित मिति: २०२६-०७-२७ , समय : ११:०७:३९ , १ घन्टा अगाडि