फिफा अध्यक्ष इन्फान्टिनो माथी ‘पद त्याग्न’ बढदो दबाब, देलान त राजिनामा ?

ईनेपालपत्र संबाददाता , ६  पटक हेरिएको

काठमाडौं, १९ साउन । विश्वकप २०२६ समापन भएको दुई साता पछि फिफा अध्यक्ष जियानी इन्फान्टिनो माथी पद त्याग्न दबाब बढेको छ।

 

फिफाको स्वामित्वमा नीजी लगानीकर्ता भित्रयाउने उनको प्रयासको सर्बत्र आलोचना र असहयोग भईरहेको बेला इन्फान्टिनो माथी पद त्यागका लागि अन्तराष्ट्रिय दबाब बढेको हो  ।

 

खासमा फिफा प्रमुख इन्फान्टिनोले पुरुष तथा महिला विश्वकप लगायतका प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने प्रस्तावलाई समर्थन गरेमा सबै २११ सदस्य राष्ट्रहरूलाई ४ करोड अमेरिकन डलर दिने प्रस्ताव अघि सार्दै फिफाको २० प्रतिशत सेयर नीजि लगानीकर्तालाई दिने प्रस्ताव अघि सारेका थिए ।

 

फिफा अध्यक्ष इन्फान्टिनोको योजना अनुसार ‘एफएफई’ ले विश्वकप र अन्य प्रतियोगिताहरू सञ्चालन गर्न २० अर्ब डलरको सहायक कम्पनी खडा गर्नेछ र यसमा बाह्य लगानीकर्तालाई २० प्रतिशतसम्मको हिस्सेदारी दिइने छ। यसका लागि आवश्यक लगानी ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ जोशुआ कुशनरले उपलब्ध गराउने तयारी भएको थियो, जो औपचारिक सम्झौता मात्रै हुन बाँकी रहेको बेला अगाडी बढ्न सकेको छैन् ।

 

विश्वभरीवाट तिब्र आलोचना र बिरोध पछि इन्फान्टिनो गत शनिवारवाट सो निर्णयवाट पछि हटि सकेको भए पनि उनी माथी अब पदत्यागको माग थपिएको छ । मार्चमा चौथों कार्यकालका लागि उम्मेदवारी दिने तयारी गरिरहेको इन्फान्टिनो माथी सो अघि नै उनले ‘नैतिकताको आधारमा पद त्याग’ गर्नुपर्ने दबाब बढेको हो।

 

युरोपेली फुटबल महासंघ (युएफएफए) स्रोतहरूका अनुसार फिफा अध्यक्ष इन्फान्टिनोले पद नत्यागेसम्म उक्त नियामक निकायलाई असहयोग गर्ने चेतावनी दिइरहेको छ ।

 

निजी लगानीकर्ताहरूलाई फिफा प्रतियोगिताहरूको स्वामित्वको हिस्सा बेच्ने इन्फान्टिनोको योजना रद्द भए पछि पनि उत्पन्न विवाद थप चर्किरहेको बेला इन्फान्टिनो पदमा रहुन्जेल कुनै समर्थन नगर्ने अडान लिएका छन्। उनको राजिनामा पहिलो सर्त हुन सक्नेछ ।

 

प्रस्तावित अवरोधका विवरणहरू स्पष्ट नभए पनि युरोपेली फुटबल संघका एक वरिष्ठ अधिकारीका अनुसार पहिलो चरणमा फिफाका बैठकहरूमा सहभागी हुन अस्वीकार गरिने निर्णय हुन सक्नेछ ।

 

युरोपेली फुटबलको नियामक निकायले ती प्रस्तावहरूका विरुद्ध कानुनी कारबाहीको चेतावनीको र वेल्सले फिफा अध्यक्षको रूपमा चौथो कार्यकालका लागि इन्फान्टिनोको उम्मेदवारी प्रतिको समर्थन सार्वजनिक रूपमा फिर्ता लिइसकेको छ । साथै, इङ्गल्याण्डको फुटबल संघले पनि सोही कदम पछ्याउने तयारी गरिरहेको बीबीसीले जनाएको छ।

 

उता, स्कटिस फुटबल संघको अडान पनि युएफएफएको जस्तै छ, जसले ५६ वर्षीय इन्फान्टिनोप्रति अविश्वास व्यक्त गरेको छ। युरोप, उत्तर तथा मध्य अमेरिका र क्यारिबियन क्षेत्रका फुटबल नियामक निकायहरूले इन्फान्टिनोको नेतृत्व माथि यसअघि नै सार्वजनिक रूपमा प्रश्न उठाइसकेका छन् ।

 

युरोपका सर्बिया, स्वीडेन र फिनल्याण्डले पनि समर्थन फिर्ता लिए पछि इन्फान्टिनोमाथि दबाब बढिरहेको छ तर मोरक्को, कतार, लेबनान, कुवेत र श्रीलंकाजस्ता देशहरूले भने फिफा नेतृत्वमा इन्फान्टिनोको निरन्तरताका लागि समर्थन जनाईरहेका छन्।

 

एसियाली फुटबल महासंघले आफू युएफएफए र कोनक्याफसँग एक ठाउँमा रहेको बताएको छ भने अफ्रिका, कन्मोबेल र ओसिनियाले इन्फान्टिनोको योजनाको अहिलेसम्म आलोचना गरेका छैनन्, न त समर्थन नै।

आगामी मार्चमा इन्फान्टिनो अध्यक्षको रूपमा अन्तिम कार्यकालका लागि पुनः निर्वाचनमा उठ्ने तयारीमा छन र जित्नका लागि उनलाई फिफाका २११ सदस्यहरूमध्ये १०६ राष्ट्रको मतको आवश्यकता पर्नेछ। फिफामा युएफएफएसँग ५५, अफ्रिकाका ५४, एसियाका ४६, कोनक्याफका ३५, ओसिनियाका ११ र कोन्मेबोल राष्ट्रका १० मत रहेको छ।

यद्यपि, फिफा काउन्सिलले आपतकालीन बैठक बोलाएर इन्फान्टिनोलाई राजीनामा दिन बाध्य पार्ने प्रयास गर्न सक्ने बीवीसी स्पोर्टसले जनाएको छ। यस्तो प्रक्रिया तब अघि बढ्नेछ, जब फिफा काउन्सिलका ३७ सदस्यहरूमध्ये १९ जनाले त्यस्तो बैठकको माग गर्नेछन्। र, उक्त माग गरेको बैठक दुई हप्ता भित्रै बस्नुपर्ने हुन्छ।

 

काउन्सिलमा युइएफएका ९, एएफसीका ७, कोन्काकाफका ५, अफ्रिकाका ६, कोन्मेबोलका पाँच र ओसिनियाका ३ सदस्य रहेका छन्। इन्फान्टिनो र महासचिव म्याथियास ग्राफस्ट्रोमले यसलाई अगाडी बढाए आकस्मिक रूपमा काउन्सिलको बैठक बस्नेछ।

प्रकाशित मिति: २०२६-०८-०४ , समय : ०९:५२:१८ , १ घन्टा अगाडि