कोरोनाले आफ्नो उद्गगम भुमिको राजनितिक गुण बोक्यो

Enepal Patra Pvt. Ltd. , ४८८  पटक हेरिएको

ओम आचार्य

कोरोनाको उद्गगम स्थल चिनको हुवान हो ? त्याहाबाट द्रुतगतीमा विस्वभरी फैलियो । कोरोनाले आर्थिक , सामाजिक , सांस्कृतिक प्रभाव पार्दै यस्ले ठुलै राजनिक विसंगती र विकृती देखाउदै छ। आर्थिक प्रभावको विसयमा अर्थशाश्त्री , समाजिक प्रभावको विसयमा समाजशाश्त्री ले विश्लेषण गर्नै नै छन

केरोनाले समाजिक सदभाव पनि धमिलो वनाउदै गयो । विश्वमा दुइ विचारधारा छन यौटा मार्क्स वाद अर्थात कम्युनिस्ट र अर्को लोकतन्त्र । तानाशाही , अधिनायकवादी र सर्वसत्तावादी सामान्यतया कम्युनिस्ट शाशनमा नै देखिन्छ । लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता , मानवाधिकार , नागरिक हक़ र अधिकार अत्यन्त उच्च रहेको हुन्छ ।

यो कोरोनाले अहिले सारा विस्वलाइ लोकतन्त्र र प्रजातांत्रिक राष्ट्का हिमायतीहरुलाइ ,मानवअधिकारवादीहरुलाइ ,

पत्रकार जगतलाइ , विचार र अभिव्यक्तिका अनुनायीहरुलाइ अहिले पुरै लकडाउनमा राखेको छ । अहिले सडक मा निस्कन निषेध गरिएको छ , समुहमा भेला हुन रोक लगाएको छ । बजार सुनसान छ । अहिले सरकार ले घर भित्रै रहन निर्देशित गरेको ।

मैले कसैको कविता पढेको थिए ूबाघ पाल्न सक्छु , भालु पाल्न सक्छु तर हजुर मान्छे पाल्न सक्तिनू तर यो कविता कोरोना पछि मेल खादैन अहिले मान्छे पाल्न सजिलो छ केही खोज्दैन उस्लाइ स्वतन्त्रता चाहिन्दैन हक़ अधिकार चाहिन्दैन मात्र खान दिए पुक्छ ।

सरकारमा वसेकाहरु, सक्तीमा रहेकाहरु , राष्ट्र प्रमुख , सरकार प्रमुख जहिल्यै पनि सक्ती संचय गर्न , सक्ती प्रप्त गर्न आफ्नो अधिकार अरु बढाउन प्रयत्नशील रहन्छन र त्यो उचित अवसरको प्रतिक्षामा र एकाएक घटने घटना र परिस्थितिलाइ त्यस्ता शाशकहरुले उचित अवसर वनाउछन ।

प्रथम विश्व युध्द , दोश्रो विश्व युध्द त्यस्को उदाहरण हो दोश्रो विश्व युध्दमा राष्ट्रको सुरक्षार्थ , सार्वभौम को रक्षाको लागी तत्कालिन समयको सरकार प्रमुख राष्ट्र प्रमुखले असिमीत अधिकार लिए त्यती खेर नागरिक हक़ अधिकार समेत नागरिक मा नरहदा समेत सरकारको , राष्ट्र प्रमुखको त्यो निर्णय जनताले समर्थन गरेका थिए।

अहिले आएर कोरोना को महामारी ले विश्वमा आतंक मच्चाइ रहदा सरकारले नागरिकको हक़ अधिकार संकुचन गर्दै निर्णय गरेकोमा जनताबाट हार्दिकता पुर्वक स्विकारेकाछन यो सरकारको लोककल्याणको लागी नागरिकको स्वास्थ्य को लागी जीवन रक्षाकोलागी भएको हुदा समर्थन गरेका छन । यही कोरोना संक्रमण कै समयमा पनि भारतले अध्यादेश जारी गर्दै केही थप अधिकार जारी गरेको निर्णय गर्यो यस्को पनि नागरिकले समर्थन गरे जुन अध्यादेश कोरोना विरुध्द खटिरहेका स्वास्थ्यकर्मी को सुऱाक्षार्थ थियो ।

यस्तो संकट समयमा देशको रक्षार्थका लागि नागरिकको सुरक्षा एंव जीवन रक्षाको लागी सरकार प्रमुख एवं राष्ट्र प्रमुखहरुवाट गरिने निर्णय त्यो नागरिक हक़ अधिकार विरुध्द नै किन नहोस त्यो नागरिकले समर्थन गर्छन स्विकार्छन।

तर हाम्रो देश मा सरकार अधिकार प्राप्त गर्न आफै मौक़ा को खोजिमा तल्लिन रहन्छ यसरी अधिकार बढाउन मौक़ा खोज्ने , अवसर खोज्ने सरकार ले कहिल्यै पनि राष्ट्रकोलागी , नागरिकको लागी निर्णय गर्दैन अस्ति भर्खर सरकारले दुइ अध्यादेश जारी गर्यो ति अध्यादेश नितान्त राजनितिक थिए त्यो अध्यादेश कोरोना संक्रमण को न्युनिकरण र त्यस्को उपचार र राहात सम्बन्धमा थिएन ।

सरकारको आफ्नो सर्वयत्तावाद लाइ अरु दरो गर्न ल्याइएका अध्यादेश थिंए नागरिक र अन्य राजनिकदलको विरोधका कारण अध्यादेश फिर्ता लिनु पर्यो ।

नेकपा को सरकारले यहानेर बुज्न सकेन यस्तो कोरोना संक्रमण को न्युनिकरणको लागी , उपचारकोलागी भनेर गरिने कुनै पनि निर्णय , अध्यादेश नागरिकले विरोध गर्ने छैन र यस सम्वन्ध नागरिकले आफ्नो हक़ अधिकार को खोजि पनि गर्दैनन र अहिले सम्म गरेका पनि छैनन।

अहिले विश्व दुइ खेमामा विभाजित छन यौटा अमेरीका र अर्को चिन । अमेरिका लोकतान्त्रिक

सिध्दान्त विचार को नेतृत्व गर्छ भने चिन कम्युनिस्ट शाशन व्यवस्थाको नेतृत्व गर्छ । अहिले कोरोनाबाट विश्वमा लाखौ मानिसको मृत्यु भइसकोको छ भने लाखौंमा संक्रंमंण छ कोरोनाले मानव जीवनमा ठुलो जोखिम ल्यायो

कोरोनाले मानव स्वाश्थ मा ठुलो संकट ल्यायो ठुला ठुला महाशक्ति राष्ट्रहरुपनि कोरोनाको उपचारमा कुनै भ्याक्सिन तयार गर्न नसकेर हार्दै गएकाछन ।

यो त स्वास्थ्य क्षेत्रको कुरा भयो

राजनितिक रुपमा पनि लोकतन्त्रको रक्षाको लागी , मानवाधिकार को लागी , विचार र अभिव्यक्ति स्वतन्त्रताको लागी ूपिताू को रुपमा आफुलाइ स्थापित गरेको अमेरिका जस्तो महाशक्ति राष्ट्र पनि अहिले कोरोनको अगाडि निरिह बन्दै सम्पुर्ण नागरिक अधिकार

खुम्चाउदै लक डाउनमा छ ।

चिन पनि महाशक्ति राष्ट्रमा स्थापित हुदैछ

आज कम्युनिस्ट मुलुक चिनको हुवान जस्लाइ कोरोनाको उद्गगम स्थल भनिन्छ त्यो कोरोनाले विश्व भरिका लोकतान्त्रिक राष्ट्रहरुलाइ निरिह वनायो घुडा टेकायो र मानव अधिकार , नागरिक अधिकार विचार र अभिव्यक्ति को स्वतन्त्रता आफैले संकुचन गर्दै खान र बाच्न पाए हुन्छ मा पुर्यो। ।

कोरोनाले आफ्नो उद्गगम भुमिको राजनितिक गुण बोकेर धर्म निर्वाह गर्यो ।

प्रकाशित मिति: २०२०-१०-०५ , समय : ११:४१:४९ , ४ वर्ष अगाडि