राजनीतिमा सक्ती वासना

Enepal Patra Pvt. Ltd. , ६७०  पटक हेरिएको

 

ओम आचार्य

ग्रहणमा अधि जोड़िए पछी अधिग्रहण र यो सव्दले आफ्नो स्वामित्वमा रहेका कुनै पनि वस्तु सरकारले ग्रहण गर्न सक्छ, त्यस्तै नायकमा अधि जोडिएपछी अधिनायक यस्ले पनि त्यस्तै अर्थ दिन्छ सवै क्षेत्रमा राजनीतिमा अर्थनीतिमा , शिक्षानीतिमा , संचार नीतिमा अरु सवैको नायकतत्व हरण गरेर आफैले नायकतत्व ग्रहण गर्नु नै अधिनायक भनिन्छ यस्लाइ सर्वसत्तावाद भनेर वुज्दा पनि हुन्छ ।

अहिलेको वर्तमान ओलि सरकार यही वाटोमा अग्रसर हुदैछन, उन्को यो पथले राष्ट्रमा अस्तव्यस्ततालाइ निम्तो दिन्छ र यस्को नतिजा अर्थात भोली ओलि पथले आफु र आफ्नो सरकार स्थापित गर्नु भन्दा पनि अर्कै सक्तिलाइ स्थापित गर्ने मार्गप्रसस्त गर्दै छन जस्तो देखिन्दैछ।

अहिलेको ने क पा सरकारको अधिनायकवाद, सर्वसत्तावाद ,प्रवृतीले राजशाही व्यवस्थालाइ समेत विर्साउने गरि आफ्नो नेतृत्वको सरकारको परिचयको स्वरुप वनाउदैछन ।

राजनीतिमा सक्तिको वासना पाल्ने मानिस भौतिक वासना पाल्ने भन्दा धैरै नै ज़्यादा खतरनाक , क्रुर , हिंसक र स्वार्थी हुन्छन , यिनिहरु लाइ मात्रै सक्ती चाहिन्छ , सक्ती , र महान तथाकथित नेता वन्न चाहान्ंछन सहज वहुमत हुदा हुदै अन्य राजनीतिक दललाइ समेत मन्त्रिमण्डलमा समावेश गरेर दुइ तिहाई मत पुर्याएको थियो योनै सक्ति वासनाको प्रमाण हो र यस्तो वासना पाल्ने राजनीतिक पाटीको यस संसारमा कालान्तारमा पतन भएको पनि देखिएको छ। यिनिहरुमा कस्तो भावनाना हुन्छ भने सवै हामीहरुको अगाडी शिर झुकाउन , मलाइ राष्ट्रनायक घोषित गरुन , यस्तै यस्तै विकृत मानसिकता राजनीतिमा सक्ती वासना पाल्ने शासकमा देख्न पाइन्छ ।

अर्को तर्फ संविधानमा भएको व्यवस्था अनुसार संसदमा र प्रदेस सभामा सभामुख र उपसभामुख यौटै पाटीको रहने व्यवस्था छैन , ए मा ले र माओवादी एकिकरण पुर्व त ठिक्कै थियो एकिकरण पस्चात यौटै पाटी रहेको हुदा एक पद छाडनु पर्ने संवैधानिक व्यवस्थामा

नेकपा मा जन्मिएको राजनीतिक घटनाक्रमका कारणबाट तत्कालिन उप सभामुख शिवमाया तुम्बाहांगफेले राजिनाम दिएपछी ८ महिना देखी रिक्त रहेको सो पदमा उप सभामुख नियुक्त नहुनु पनि दुबै पदमा नेकपा नै रहेको अर्थमा बुज्नु पर्छ र यो पनि सक्ति वासना नै हो ,यो कुरा प्रतिपक्षमा रहेको नेपाली काग्रेसले किन बुजिरहेको छैन रु

मुल कुरा चै ने क पा पाटी को सक्ती वासना नै हो र यस्तो वासना अव सर्वत्र देखिन्दै जानेछ जुन कुरा लोकतन्त्रको लागी ख़तरा को संकेत हो ।

सरकार प्रमुख हुनेले राजदण्ड को प्रयोग गर्छ तर त्यो सक्ती वासना पाल्ने ले चै राजदण्ड गलत ठाउमा प्रयोग गर्छन र तै हुनाले नै तुलसीदास लाइ अकवरले कैद गरे , मुग़लहरुवाट शिखका दश गुरु ले पनि राजदण्ड झेले , रोमन साम्राज्यमा पनि एकजनालाइ सुलिमा वाधेर राजदण्ड सुनाइ सुलिमा लटकाइयो , नेलशन मण्डेला ले पनि राजदण्ड झेले र पुरै ज़िन्दगी जेलमा विताए , चिनमा नै नवेल पुरस्कार प्राप्त गरेका मानिसहरु राजदण्ड कै कारण सम्पुर्ण जीवन कारागारमा विताउनु पर्यो ।

अहिले प्रधानमंत्री के पी ओलीलेमा यै सक्ती वासना पलाएको र पाल्दै गरेको देखिन्छ र यै राजदण्डको भय डर र त्रास देखाएर विपक्षी दलका नेताहरुलाइ निस्तेज गर्न खोजिन्दै छ , अहिले यै राजदण्ड कै वल वुतामा आफ्नो राज्यसत्ता संचालन गर्न लागिपरेका छन । र यस्तो अवस्थामा न्याय कानुन अर्थात कानुनी राज्य त्यो राजदण्डसंग हार्दै जान्छ , ।

प्रधान मन्त्रीमा सक्ती वासना छ र त्यो वासनाको उदाहरण प्रधान मन्त्री को कार्यलयमा गृहको गुप्तचर विभाग , अर्थको राजस्व अनुसन्धान विभाग लगायतका विभागहरु राख्नु सक्ती वासनाको प्रमाण हो । र यि सवै सक्तीको भोंक हो वासना हो यस्तो भोंक र वासना पाल्ने मानिस कहिल्यै तृप्त हुदैनन।र यो भोक बड्दै जानेछ जस्तो मानव अधिकार आयोग , पत्रकार आचारसंहिताका कुरा यिनै सक्ति वासनाले ल्याएको कुरा हुन ।

चाहे राष्ट्र होस चाहे सरकार होस यिनिहरुको राजनीतिमा मुख्य उध्देस्य सक्ती प्राप्त गर्नु हो र त्यो सक्तिको प्रभावमा , दवावमा आफुलाइ स्थापित गर्दै जानु हो , आफ्नो विचारलाइ लागु गर्दै जानु हो तर याहा नेर त्यो सक्ति कसरी प्रयोग भइरहेछ , र किन प्रयोग भइरहेछ त्यो चै राजनीतिक विश्लेषकहरुले , विचारकहरुले , मानव अधिकारवादीहरुले अध्ययन गर्ने नै छन ।

अहिले नेकपाको सक्ती वासनाले गरेको राज्य संन्चालनलाइ वर्तमान नेपालको राजनीति मुल्य हिन भन्नु पर्ने हुन्छ। मुल्यहिन राजनीति मात्रैको भविस्य छैन र भोलि माथि उल्लेख गरिएका राजनीतिक विश्लेषक , राजनीतिक विचारक र मानव अधिकारवादी को पनि यही निष्कर्ष आउछ।

प्रकाशित मिति: २०२०-०९-२८ , समय : १३:०१:५९ , ४ वर्ष अगाडि